Comments Add Comment

प्रेमको अदभुत नमूना

बसुधा नेपाल पोखरेल

गोरो अनुहार, ठूला-ठूला आँखा, आकर्षक ब्यक्तित्व​, चुल्बुले स्वभाव, मिठो आवाज । विदेश बस्ने क्रममा केही समय अगाडि मसंग सम्पर्क भएपछि बनेकी मेरी साथी  मेलिशा ।

Basudha-Nepalकेहि समयदेखि उसको र मेरो केहि मिटिङहरुमा बराबर भेट भैरहन्छ​ । भनिन्छ नि, निश्चित केही गुण मिलेपछि मित्रता घनिष्ठ हुन्छ​। सायद त्यहि भ​एर होला, छोटो समयमा हामी निक्कै घनिष्ठ भएका थियौं । हाम्रा मिटिङहरुमा अरु मुलुकका मित्रहरु पनि रहन्छन् । तर पनि उस्को र मेरो केमेष्ट्री  खुब जम्छ ।

बिभिन्न देशका मान्छे, आ-आफ्नै स्वभाव, आफ्नै कथा । जिन्दगीका बिभिन्न रङ बोकेर आएका सुन्दर बगैचा देखिन्छ यो बातावरण । हामी कहिले कफी पिउने बहाना रोज्छौ, कहिले लन्चको सत्कार त कहिले डिनरको मधुर प्रकाश । ग्रुपमा भेटिने साथीसङ ग्रुप मै कुराकानी । कहिले सुन्दर आँखा चल्छन् त कहिले कोमल ओठ फर्फराउँछन् ।

आज डिनरको लागि मेलिशाले मलार्इ मात्र उस्को घरमा  डाकेकी थिइ । चिटिक्क परेको घर । पस्दा पस्दै बडेमानको फोटोको पेन्टिङ, सुन्दर युवकले युवतीलाई निधारमा चुम्बन गर्दै गरेको रोमान्चक चित्र थियो त्यो । उनको इन्टेरियरमा निक्कै राम्रो दक्खल जस्तो लाग्यो मलार्इ । घरको सजावट अत्यन्त आकर्षक ।

छेउँमा रहेको हल्का सुन्तला रङको सोफामा बस्यौं हामी । छेउ मै रहेको डायनिङ टेबलमा केही स्न्याक्स लिन अनुरोध गरी उस्ले। हामी दुबैले आफ्नो प्लेटमा केही स्न्याक्स लिएर पुन: सोफामा गयौं ।

हाम्रो सम्बाद बिल्कुल बिस्तारै अगाडि बढ्दै गयो। मेलिना भन्दै थिइ परिवारको सदस्यमा सबैभन्दा कान्छी रे । आर्ट र साहित्यमा निक्कै सोख रहेछ ।

राम्रा लुगा लगाउनु, साथीभाइसँग भेट्नु, रमाइलो गर्नु, साथीहरुसँग मिलेर रेस्टुरा जाने, रमाइलो गर्ने सोख रहेछ उन्को । मेलिशा यसो हेर्दै निर्भिक, आत्मनिर्भर स्वभावकी देखिन्छे ।

फुर्सदको समयमा फेसबुक, ट्विटर पनि चलाउँदी रहिछे । भन्दै थिइ जिन्दगी चलाईको क्रममा अचानक उस्ले आफूसँग कलेजमा सँगै पढेको साथीसँग भेट भएछ । एक अर्का प्रति बिल्कुल अपरिचित देखिने उनीहरु सन्जोगले एकदिन एउटा ट्रेनिङ इन्स्टिच्युटमा भेटिएका रहेछन् पहिलो पटक ।

भन्दै थिइ मेलिशा, प्रत्येक बिहान् त्यो इन्स्टिच्युटमा जानु, क्लास लिनु उस्को दैनिकी जस्तै बन्यो । जोन उस्को ट्रेनिङ इन्स्ट्रक्टरको रुपमा त्यहाँ ट्रेनिङ दिने गर्थ्यो।

क्लासमा उस्ले पढाएको कुरा सुन्नु, नोट गर्नुदेखि बाहेक हाम्रो भेट कुरा केहीपनि हुन पाउँथेन । केवल नजरसँग नजर बोल्नुदेखि बाहेक ।

जोनले एकदिन मेलिशालाई आफ्नो अफिसमा बोलायो । आफ्नो छुट्टीको समय मिलाएर अपरान्हको समयमा म जोनको अफिस गएँ । ठूलो कोठा छेउको एउटा कर्नरमा  कुर्सीमा जोनलाई देखें । छेउको सोफामा जोनका साथीहरु पनि थिए । औपचारिक ह्यन्डसेक, हग गरेपछि एउटा सोफामा टुसुक्क बसें। एकछिन उस्को साथीहरुसँग सामान्य कुराकानी पछि साथीहरु आफ्नो कोठातिर लागे । साथीहरु हिंडेपछि जोन नजिकको सोफामा आएर बस्यो ।

अफ्ट्यारो बातावरणलाई चिर्दै जोनले सोध्यो- के गर्दै छेउ अचेल ?

‘सर्भिस गर्छु एउटा बैंकमा,’ मेलिशाले जवाफ दिइ ।

जोन चाँही सरकारी जागिरमा माथिल्लो तहका अफिसर भन्ने मैले पैला नै थाहा पाइसकेकी थिए ।

अनि फेरि सोधें, ‘अनि कसरी ट्रैनिङ दिन पुगेको त तिमी ?’

 उस्ले भन्यो- त्यो मेरो साइड जागिर हो । पढाउनु मेरो सोख पनि हो, मलाई रमाइलो लाग्छ आफ्नो ज्ञान अरुसँग बाँड्न पाउँदा।

लेख्ने पनि गर्दो रहेछ जोन । साहित्यमा पनि सोख रहेछ ।

मैले भनेँ- म पनि कैले काँही लेख्ने गर्छु ।

कसैले दुइटा प्लेटमा फ्रुट र कफी ल्याएर टेबलमा राखेर गयो ।

मेलिशा यती डिपमा पुगेकी थिइ कि मलाई उसले भनिरहेको कुरामा अलिकति पनि डिस्टर्ब गर्ने मुड थिएन । म बिल्कुल शान्त भएर सुनीमात्र रहेकी थिएँ ।

अगाडि भन्दै थिई मेलिशा- जोनको कुराले मलाई एकदम उस्को नजिक पुर्यायो । बर्षाैँपछि भेटेको साथी एकदम नजिकको फिल हुँदै थियो आज मलाई । हामी बिगतका हाम्रा कुरा शेयर गर्दै थियौ । निक्कै समय बितेछ थाहै नपाई ।

उस्को रुमको ढोकामा कसैले  ढ्याक ढ्याक गरेपछि म झसँग भए ।

अब जानुपर्छ मैले भने । जवाफमा उस्ले भन्यो, ‘म छोड्दिन्छु तिम्रो घरसम्म । मैले स्वीकृति जनाएँ । गाडीमा चढेको, केही किताबहरु उस्को मोटरमा रहेछ । एउटा किताबमा उस्ले ‘लङ टाईम फ्रेन्ड…’ भनेर लेखेर सिग्नेचर गरेर मेरो हाथमा दियो । मैले खुशी हुँदै लिएँ ।

मेरो घर अगाडि उस्ले गाडी घ्याच्च रोक्यो।  हाथ मिलाउदै बिदा मागे ।

बिल्कुल अजिब लागिरहेथ्यो आज । बर्षौं पछि मेरो साथी भेट भएको थियो । कता-कता भित्र-भित्र अत्यन्त सुखानुभूति भइरहेकोथ्यो । मन एकदम पुलकित थियो ।

यि कुराहरु भनी रहँदा मेलिनाको मुहारमा बेग्लै चमक देखिदै थियो, गोरो अनुहार झन्-झन् रात्तिदै गएको प्रस्ट झल्किन्थ्यो ।

डिनरको लागि आएको म उस्को मनका बात सुन्दासुन्दै ढिलो भइसकेको थियो ।

‘अब खाना खाउ,’  मेलिनाले भनी । मैले ‘हुन्छ’ भनेर स्वीकृति जनाएँ ।

खाना पकाउन सोखिन रहिछे, मिठो स्वदिलो खाना । त्यस माथि उस्का प्रेमिल कुरा अझै अगाडि सुन्न म उत्साहित थिएँ ।

खाना खाइसकेपछि हामी पुन: बैठक कोठाको उही सोफामा बस्न गयौ ।

डेजर्टको बाउल छेउको टेबलमा राख्दै मैले  उसलाई  भनेँ,  ‘अनि, तिम्रो कुरा अघि बिचमै काटिएको थियो । यदि तिमीलाई अफ्ट्यारो  हुँदैन भने मसँग शेयर गर्न सक्छेउ खुलेर ?’

यो मेरो मन भित्रै रहन्छ । मेरो मायाको प्रमाण देखाउन मायाको कुनै अदालत जाने रहर पनि छैन मलाई ।

उस्ले भनी- मैले आजसम्म यl कुराहरु कोहीसँग पनि शेयर गरेकी थिइनँ । तिमीसँग चिनजान भएदेखि किन-किन तिमीसँग बसेर कुरा गरुँजस्तो लाग्या थियो । आज सन्जोग मिल्यो ।

उस्ले अगाडि भन्दै गई- हाम्रो मित्रता दिन प्रती दिन गाढा बन्दै गयो । भेट्घाट त त्यति धेरै बाक्लो भइरहने होइन । कहिले काही हामी दुबैको समय मिलेको बेलामा मात्र हाम्रो भेट हुन्थ्यो ।

भेट छोटो भएपनी सबै भेट मेरो लागि अबिस्मरणीय छ । हाम्रा प्रत्येक भेट  मेरो मन भित्र अमिट छाप बनेर रहेको छ ।

धेरैजसो फोन र म्यासेजमा बार्तालाप हुन्थ्यो । कहिले रिप्लाई आउथ्यो कहिले आउथेन । लाग्थ्यो ब्यस्तताको परिचायक हो कि भनेर । कहिले कलेजका कुरा हुन्थे भने कहिले आफ्नो जिबन भोगाइका । कुराकानी र सामिप्यताले हामी एक अर्काका अत्यन्त घनिस्थ हुँदै गयौं।

एकदम छिटो छिटो भेट्न् मन लाग्ने। भेट बिल्कुल स्वार्थ रहित । कैले काही हामी यती गहिरिन पुग्थ्यौ कि एकर्कालाई चुमेको सम्म पनि चाल पाउथेनौ ।  तर छुट्टीने बेलामा उस्ले यो निधारमा चुमेको अनुभुतीले अहिले पनि मलाई रोमान्चित गराउछ ।

समयहरु बित्दै गए , हाम्रो सम्बन्ध झन गाढा हुँदै गयो । हाम्रो माया एकदम गहिरिदै गएको थियो । एक अर्कालाई असाध्यै माया गर्न थाल्यौं । यती घनिस्ठता यसअघि मेरो अरु कुनै साथीसँग पनि भएको थिएन ।

लेखनी मै सम्बाद हुन्थे, लेखनी मै बिबाद पनि । लेखनी मै प्रेम हुन्थ्यो र लेखनी मै समर्पण पनि ।

कामको सिलशिलामा मेलिशा आफ्नो देशबाट केही समयको लागि मुभ भएकी रहिछ ।

भन्दै थिई- पातलै भए पनि हाम्रो संपर्क अक्षरको माध्यमबाट हुन्थ्यो ।

फोन फेसबुक टवीटर आदी संपर्कका माध्यम भए पनि ‘जोन’ अचेल मेलिशाको कुनैपनि कुराको जवाफ दिन रिप्लाई गर्न आवश्यक ठान्दैन, यो भनी रहँदा उसरका ति ठूला-ठूला आँखा आशुले टिलपिल देखिन्थे ।

अगाडि भन्दै गई, ‘मलाई त लाग्थ्यो हामी दुबै एक अर्कालाई बराबर माया गर्छौ । हाम्रो यो मित्रता हाम्रो जीवन पर्यन्तसम्म रहने छ । शायद त्यसैले भगवानले हामीलाई यति पछि भेट गराएको थियो ।

अचेल म एकदम निराश उदास अनुभुत गर्छु र ति सबै मिठा पलहरुलाई मुटु भित्र सँगालेर राख्दै आफूलाई अलिकती कम्फर्ट राख्न योगा क्लास जाने गरेकी छु ।

मलाई हामी दुबै एक अर्कालाई बराबर माया गर्छौ जस्तो लाग्थ्यो । लाग्थ्यो यो प्रेम बिल्कुल निस्वार्थ रहोस् । सधैंभरी उत्तिकै जलन, उत्तिक्कै छट्पट्टी मनभित्र रहोस् जस्ले हामी एक अर्काको उर्जा बनेर रहन सकौं।

तर उस्ले मलाई जबदेखि स्टप टेक्स्टिङ, स्टप कलिङ । मलाई तिमीसँगको साथले केही हुँदैन भन्यो मुटु नमिठोसँग पोल्न थालेको छ । भनिन्छ स्वार्थ रहित माया दीगो रहन्छ । आत्मियता पवित्र हुन्छ ।

मलाई उस्ले जती नै इग्नोर गरे पनि मैले उस्लाई गर्ने माया गरी नै रहने छु । म उस्को मायाको यात्री भएर टाढाबाट भए पनि उस्लाई आभाष गराइ नै रहने छु । मलाई विश्वाश छ, म उस्को कलमले लेख्ने प्रत्येक हरफमा रहने छु । यो नत कुनै सीमानाले काट्न सक्छ । न त यो कहिल्यै डिअक्टिभेट हुन सक्छ । यो मेरो मन भित्रै रहन्छ । मेरो मायाको प्रमाण देखाउन मायाको कुनै अदालत जाने रहर पनि छैन मलाई ।

फेरि पनि भन्दै थिई कसैको मुटु पनि यती बिघ्न मायाको लागि न पोलोस्, पोले पनि सन्चो गर्ने मल्हम पाइयोस् !

मेलिशाको सम्पूर्ण कथा भित्रको प्रेमिल मन सुने पछि अघि उसको घर भित्र पस्दा पस्दैको बडेमान तस्विरमा सुकोमल ओठले  निधार चुम्दै गरेको सुन्दर मनको तस्विर एक अर्कालाई असाध्य माया गर्ने र भित्र भित्रै मनपराएको प्रेमिल जोडीको रहेछ भन्ने कुरामा मलाई अब कतै शंकै रहेन ।

अनि मनमनै सोचें कस्तो पवित्र,अदभूत, बेदाग अनि अजिब माया, एउटा सुन्दर मन भएकी बेनाम प्रेमिकाको….. !!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment