Comments Add Comment

डोनाल्ड ट्रम्प नोबेल शान्ति पुरस्कारको मनोनयनमा !

Donald-Trump

२२ माघ, काठमाडौं । एक अमेरिकी राजनीतिज्ञले रिपब्लिकन पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बन्ने दौडमा रहेका डोनाल्ड ट्रम्पको नाम नोबेल शान्ति पुरस्कारमा मनोनयनका लागि पठाएका छन् ।

यसलाई १९४७ मा सोभियत तानाशाह जोसेफ स्टालिन पछिको असुहाउँदो प्रस्ताव मानिएको छ ।

प्रस्ताव गर्ने व्यक्ति रिपब्लिकन सिनेटर वा कंग्रेस सदस्य हुन् सक्छन् । दुवै पदका व्यक्ति मनोनयन प्रस्ताव गर्नका लागि योग्य हुन्छन् ।

फेबु्रअरी १ सम्म नामांकन गर्ने म्याद रहेकोमा उनले त्यसको अघिल्लो दिन मात्रै नाम पठाएका थिए ।
राष्ट्रपतिको उम्मेदवार बन्ने दौडमा रहेका ट्रम्पले मुस्लिमलाई अमेरिकामा प्रवेश गर्न दिनु नहुने विवादास्पद अभिव्यक्ति दिएका थिए ।

सम्भावित विजेताहरुको वािर्षक पूर्वानुमान प्रकाशित गर्ने ओस्लो पिस रिसर्च इन्स्टिच्युटका निर्देशक क्रिस्टियन बर्ग हार्पभिकेनले ट्रम्पको नामांकन प्रस्ताव गत साता आएको टेलिग्राफलाई बताए ।

‘नामांकन गर्ने व्यक्तिको नाम सार्वजनिक गर्न म असमर्थ छु, तर उनले मलाई नै नामांकन पत्र दिएका हनुन् र उनी नामांकन प्रस्ताव गर्नका लागि योग्य व्यक्ति हुन्’ उनले भने ।

यद्यपि अवार्डको पाँच सदस्यीय समितिले ट्रम्पलाई विजेता छनोट नगर्ने उनको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment