Comments Add Comment

स्काउटका पूर्व प्रमुख आयुक्त लामिछानेलाई “ब्रोन्जउल्फ” पदक

२४ माघ काठमाण्डौ । एशिया प्रशान्त क्षेत्र र विश्वस्तरमा स्काउटिङको बिकासमा गरेको योगदानको कदर गर्दै बिश्व स्काउटले नेपाल स्काउटका निर्वतमान प्रमुख आयुक्त श्रीराम लामिछानेलाई सर्वाेच्च पदक “ब्रोन्जउल्फ” बाट सम्मान गर्ने निर्णय गरेको छ ।

ShreeRam-Lamichaneसन् १९३५ मा स्थापना गरिएको यस पुरस्कार पाउने लामिछाने पहिलो नेपाली हुन् ।

विश्व स्काउटले २०१६ जनवरी २९ मा लामिछानेलाई यस पुरस्कार दिने निर्णय गरेको नेपाल स्काउटले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

घोषित पुरस्कार केही समयपछि एक अन्तर्राष्ट्रिय समारोहमा प्रदान गरिने छ ।

पुरस्कार स्थापनाको ८० वर्षको इतिहासमा हालसम्म यो पदकबाट स्काउटिङ्ग अभियानका प्रवर्तक लर्ड वेडेन पावेल, लेडी वेडेन पावेल, स्विडेनका राजा कार्ल गुस्ताफ १६औं, फिलिपिन्सका राष्ट्रपति फिडेल रामोस लगायतका विशिष्ट व्यक्तिहरु सम्मानित भइसकेका छन् ।

विश्व स्काउट संगठनको शतबाषिर्की मनाउने शिलसिलामा उनको विषेश पहलबाट रसुवा जिल्लामा अवस्थित ५८९० मिटर अग्लो हिमशिखरलाई स्काउटका प्रवर्तक लर्ड वेडेन पावेलका नाममा “वेडेन पावेल स्काउट पिक” नामाकरण गरिएको थियो ।

श्री लामिछाने हाल विश्व स्काउट संगठन, एशिया प्र्रशान्त क्षेत्रीय स्काउट संगठनकोे एवार्ड समितिको अध्यक्ष छन् । उनी ५२ वर्षदेखि स्काउटमा आवद्ध छन् । नेपाल स्काउटको तल्लो तह (टेण्डरफुट) देखि सबै तह पार गर्दै प्रमुख आयुक्तसम्म पुग्ने उनी पहिलो नेपाली स्काउट हुन् ।

पर्वतमा जन्मिएका लामिछाने २०२० सालदेखि स्काउटमा प्रबेश गरेका थिए । ललितपुरको प्रमुख आयुक्त हुँदै सन् २००४ मा नेपाल स्काउटको प्रमुख आयुक्त निर्वाचित भएका थिए । त्यस्तै सन् २००९ मा एशिया प्रशान्त क्षेत्रको कार्यकारी समितिको सदस्यमा निर्वाचित भई सन् २०१२ मा सोही समितिको प्रथम उपाध्यक्ष बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment