Comments Add Comment

‘कबड्डी’ निर्देशकको ‘पुरानो डुङ्गा’, दयाहाङ र प्रियंकाको जोडी

purano dhunga (1)
चलचित्र ‘कबड्डी र कबड्डी कबड्डी’  बनाएर चर्चा कमाएका निर्देशक रामबाबु गुरुङ अब नयाँ चलचित्र निर्माणमा जुटेका छन् । उनले निर्देशन गर्ने नयाँ चलचित्रको नाम ‘पुरानो डुङ्गा’ राखिएको छ । काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै यो चलचित्रको घोषणा गरियो ।

तालको किनारमा डुंगा चलाएर आफ्नो परिवारको जीवोकोपार्जन गरिरहेको भक्त बहादुर भुजेलको भाई बतास बहादुर भुजेलले अंशमा डुंगा लगिदिएपछि उसको परिवारमा आउने समस्याको वरिपरी यो चलचित्र घुम्नेछ ।

चलचित्रमा माओत्से गुरुङ, दयाहाङ राई, प्रियंका कार्की, मेनुका प्रधान, वुद्धि तामाङ, पुष्कर गुरुङ, धन बहादुर गुरुङ, सजन थापा, नौजङ गुरुङ, विश्वास गुरुङ र पूर्णिमा गुरुङको मुख्य भूमिका रहनेछ ।

रौनक विक्रम कँडेल, ओम चन्द्र रौनियार, धन बहादुर गुरुङ निर्माता रहेको चलचित्रमा बाल्मिकी पोख्रेल र अर्जुन कार्की कार्यकारी निर्माता छन् । राम बाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखन रहेको चलचित्रमा माओत्से गुरुङको कथा छ ।
purano dhunga (3)
कार्यक्रममा बोल्दै नायिका प्रियंका कार्कीले एउटा राम्रो टिमसँग जोडिन पाउनु आफ्ना लागि सबैभन्दा खुशीको क्षण भएको बताइन् । नायक दयाहाङ राई भने बिरामी भएका कारण कार्यक्रममा उपस्थित भएनन् ।

चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राइले चलचित्रलाई सफलताको शुभकामना दिएका थिए । चाडै नै छायांकनमा जाने यो चलचित्रलाई नेपाली परिवेश अनुसार बनाउने निर्देशकको कथन छ ।

नायिका प्रियंका कार्की र नायक दयाहाङ राइको जोडी अहिले अधिकांश चलचित्रमा देखिन थालेको छ । यी दुइले आफूहरुलाई मिल्ने साथी बताएका छन् । purano dhunga (5)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment