Comments Add Comment

बाघ गणना गर्न राखिएको क्यामेरा हराएपछि अर्को क्यामेरा जडान कार्य सुरु

tiger-1२७ माघ, कञ्चनपुर । शुक्लाफाँटा वन्यजन्तु आरक्षमा पाटेबाघ गणनाका लागि राखिएको क्यामेरा चोरी भएपछि अर्को क्यामेरा जडान गरी कार्य सुरु गरिएको छ । आरक्षको मालुवेलाको सलगौडी ताल नजिकै राखिएको एक थान क्यामेरा चोरी भएको थियो ।

“अनुगमनका क्रममा पाटेबाघ गणनाका लागि राखिएको क्यामेरा चोरी भएपछि अर्को क्यामेरा जडान गरेर कार्य सुरु गरेका छौँ”, आरक्ष कार्यालयका मुख्य संरक्षण अधिकृत वेदकुमार ढकालले बताए  ।

क्यामेरा चोरीमा संलग्नको खोजीकार्य भइरहेको उनले बताए ।  पाटेबाघको सङ्ख्या यकिन गर्नका लागि आरक्ष कार्यालयले दुई साताअघि देखि स्वचालित क्यामेरा जडान गरी बाघ गणनाको कार्य गरिरहेको छ । स्वचालित ४६ जोडी क्यामेरा, २० भन्दा बढी प्राविधिकको टोली र हात्तीको सहायताले बाघ गणनाको कार्य भइरहेको छ ।

गत पाँच वर्षको अवधिमा आठदेखि १२ को हाराहारीमा रहेका पाटेबाघको सङ्ख्या गत वर्ष बढेर आरक्षमा १७ पुगेको थियो । यस वर्ष पाटेबाघको सङ्ख्या बढ्ने अनुमान गरिएको आरक्ष कार्यालयले जनाएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार संरक्षित वन्यजन्तु (अनुसूची १)मा सूचीकृत रहेको पाटेबाघ विश्वकै सबैभन्दा आकर्षक र सुन्दर जनावरको श्रेणीमा पर्दछ । आरक्षको ३०५ वर्ग किलोमिटर क्षेत्र पाटेबाघको मुख्य बासस्थानका रुपमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment