Comments Add Comment

अमेरिकाका नेपाली पत्रकारको नेतृत्व लिन रस्साकस्सी

america_jiurnalist
अमेरिका ।  अमेरिकामा रहेका नेपाली पत्रकारहरुको संस्था नेपाल अमेरिका पत्रकार संघ नेजाको आउँदो महिना हुन लागेको अधिवेशनको चुनावी सरगर्मी बढेको छ ।
आउँदो मे महिनाको ७ र ८ तारिक हलिउड शहर लसएन्जलसमा हुन लागेको अधिवेशनका लागि पत्रकारहरु चुनावी प्रतिस्पर्धा गर्न अहिलेदेखिनै थालेका छन् ।
दुई वर्षे कार्यकालको नेतृत्व लिन अहिले तीनजना पत्रकारहरु अघि बढेका छन् । अध्यक्ष पदमा नेपालमा छँदा गोरखापत्रको प्रधानसम्पादक भइसकेका तारा बराल, भर्जिनियामा बस्दै आएका गुणराज लुईंटेल र  न्यूयोर्कमा रहेर सेतोपाटी ग्लोबल अनलाइनमा कार्यरत भोला आचार्य यतिखेर अघि सरेका छन् । बराल अमेरिकाको टेक्सस राज्यको ह्युस्टन शहरमा बस्छन् । 
दुई वर्ष अघि ह्युस्टनमा भएको अधिवेशनपछि केही पत्रकारहरुले संस्था छाडेपछि यसपटक सबैलाई मिलाएर लैजानुपर्नेमा बरालले जोड दिँदै आएका छन् । उनी सर्वसम्मत रुपमा निर्विरोध रुपमा अध्यक्ष बन्ने प्रयासमा छन् ।
नेपाल अमेरिका पत्रकार संघलाई उत्तर अमेरिकाका नेपाली पत्रकारहरुको भरपर्दो र सबैको सहभागितामुलक संस्था बनाउनु पर्ने आवश्यकता रहेको र बहुसंख्यक सदस्यहरुको आग्रहका कारण बराल अध्यक्षको उम्मेदवार बन्न तयार भएका हुन् । बरालसँग नेपालमा गोरखापत्र दैनिक र नेपाल टेलिभिजनको प्रमुख कार्यकारी भएर काम गरिसकेको अनुभव छ । 
 
यता आएपछि पनि उनी समय समयमा बिभिन्न पत्रपत्रिकाहरुमा लेख र समाचार लेख्दै आएका छन् । उनलाई अध्यक्ष बनाउन सकेमा नेजाको ओज बढ्ने भन्दै केही पत्रकारहरु सकृय भएका छन् ।
पूर्व अध्यक्ष गिरिश पोखरेलदेखि बर्तमान अध्यक्ष गौतम दाहाल सम्मले बराललाई अध्यक्ष बनाउने विषयमा सकारात्मक छन् । उता अध्यक्षमा उठ्ने तयारी गरिरहेका भोला आचार्य दुई साता अघि चुनावी प्रचारप्रसारको लागि सानफ्रान्सिस्को पुगेका थिए ।
त्यहाँ रहेका नेपाली पत्रकारसँग उनले आफु अहिले महासचिव भएकोले अध्यक्षमा उठ्नैपर्ने दवाव रहेको बताएका थिए । तर बरालको पक्षमा माहौल बन्दै गएको र न्यूयोर्ककै नेपाली सञ्चारकर्मीहरुले समेत सहयोग नगर्ने संभावना देखेपछि उनी अहिले के गर्ने भन्ने निर्णयमा पुग्न सकेका छैनन् । 
दुई वर्ष अघि ह्युस्टनमा भएको अधिवेशनपछि अमेरिकामा रहेर प्रवासी पत्रकारिता गरिरहेका दुई दर्जनभन्दा बढीले असन्तुष्टी जनाउँदै संस्थानै त्यागेका छन् । यसपटक न्यूयोर्कमा रहेर पत्रकारिता गर्दै आएका विजय पौडेल, किशोर पन्थीदेखि लिएर विष्णु पौडेल, दिनेशजंग शाह लगायतले सदस्यतनै नविकरण गराएनन् । 
यस्तो अवस्थामा नेजाको नेतृत्वमा सबै नेपाली पत्रकारलाई समेटेर लैजानसक्ने व्यक्तिको आवश्यकता खड्किएको छ ।
गत अधिवेशनपछि वर्तमान महासचिव आचार्यले केही सदस्यहरुलाई पूर्वाग्रही रुपमा बाइपास गरेको, सदस्यता खारेज गराएको जस्ता आरोप लागेको छ । यसलाई समाधान गर्न परिपक्व नेतृत्व आवश्यता रहेकोमा सदस्यहरुले जोड दिएका छन् । उता वरिष्ठ उपाध्यक्षमा न्यूयोर्कमा रहेर पत्रकारितामा सकृय सूर्य थापा उम्मेदवार हुने भएका छन् । 
ह्युस्टन अधिवेशनपछि असन्तुष्ट थापा उनी संस्था आवश्यकता रहेकोमा जोड दिदै चुनावी प्रकृयामा सहभागी हुने भएका छन् । नेजामा मिडिया कोअर्डिनेटर रंहदा बिषेश छाप छोड्न सफल तथा सबै संग मिलेर काम गर्न  सक्ने थापा बरिष्ठ उपाध्यक्षमा निर्बिरोध हुने पक्का जस्तै देखिएको छ ।  
नेपाल टेलिभिजनमा लामो समय काम गरेकी रमा सिंहको चर्चा केषाध्यक्षमा छ । महासचिवमा भने अहिलेसम्म विजय घिमिरेको नाम मात्र बाहिर आएको छ ।
नेपालमा रहँदा कान्तिपुर, नागरिकको आर्थिक व्यूरो प्रमुख रहिसकेका र अमेरिकामा रहेर पनि नेपालको पत्रकारितामा निरन्तर सकृय घिमिरेलाई महासचिवमा ल्याउँदा राम्रो टीम हुनेमा नेजाका सदस्यहरु विश्वस्त देखिन्छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)का अध्यक्ष समेत रहि सकेका घिमिरे हाल सेतोपाटी अनलाइनसँग आवद्ध छन् । सचिवमा लसएन्जलसका अग्नी चौलागाई अघि बढेका छन् ।
क्षेत्रीय उपाध्यक्षहरुमा पश्चिम क्षेत्रबाट तोया दाहाल र मध्यक्षेत्रबाट विकासराज न्यौपाने सर्वसम्मत हुने संभावना बढेको छ । सदस्यताको आवेदन दिने म्याद अप्रिल ३ सम्म एकसय ५४ जनाले निवेदन दिएका थिए ।
तर कार्यसमितिले १० जना आजीवन सदस्य र एकसय ३८ साधारण सदस्यताको सूचि गत साता सार्वजनिक गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment