Comments Add Comment

पारस र शरदको १५० रनको साझेदारी

Paras-n-Sarad

६ वैशाख, काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत नामिबियाबिरुद्ध कीर्तिपुर मैदानमा जारी खेलमा नेपाली ब्याट्सम्यानहरु कप्तान पारस खड्का र शरद भेषवाकरले १५० रनको साझेदारी पूरा गरेका छन् ।

नेपालले नामिबियाबिरुद्ध २४० रनको लक्ष्य पछ्याइरहेको छ । सुरुवाती दुई ब्याट्सम्यानहरु सस्तैमा पेविलियन फर्किएपनि मध्यक्रमका शरद र कप्तान पारसले १५० रनको उत्कृष्ट साझेदारी गरेका छन् ।

कप्तान पारसले ७९ बलमा ९० रनको पारी खेलेका छन् भने शरदले ८५ बलमा ५६ रन जोडेका छन् । दुवै ब्याट्सम्यान उत्कृष्ट लयमा देखिएका छन् । पारस शतकतर्फ उन्मुख देखिएका छन् ।

२४० रनको लक्ष्य पछ्याइरहेको नेपालले अहिलेसम्म ३८.२ ओभरमा २ विकेट गुमाएर १८७ रन बनाएको छ । नेपाललाई जितका लागि ७५ बलमा अझै ५३ रनको आवश्यकता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment