Comments Add Comment

बेलायती महारानीको ताजमा जडित कोहिनूरमा भारतको दाबी कायमै

kohinoor

नयाँदिल्ली । भारत सरकारले बेलायतबाट कोहिनूर हीरा फिर्ता लिने कोशिस नछोडेको बताएको छ । यो बहुमूल्य हीरा १९ औं शताब्दीमा ब्रिटेनको हातमा पुगेको थियो र अहिले बि्रटेनकी महारानी भिक्टोरियाको ताजमा जडित छ ।

धेरै भारतीयहरु १०५ क्यारेटको यो हीरा बेलायतीहरुले चोरेर लगेको विश्वास गर्छन् । यद्यपि, भारतका महान्यायधिवक्ता रन्जित कुमारले सोमबार त्यहाँको सर्वोच्च अदालतमा भने, ‘हिरा न जबरजस्ति खोसिएको थियो, न चोरिएको थियो ।

१८४९ मा पञ्जाब शासकहरुले इस्ट इन्डिया कम्पनीलाई यो हीरा उपहारका रुपमा दिएका थिए ।

त्यसलगत्तै मंगलबार भारतको संस्कृति मन्त्रालयले एउटा विज्ञप्ति जारी गरि कोहिनूरलाई सौहार्दपूर्ण तवरबाट भारतमा ल्याउने सबै प्रयास जारी रहने उल्लेख गरेको छ ।

महान्यायधीवक्ताको अभिव्यक्तिले सरकारको आधिकारिक धारणा प्रतिबिम्बित नहुने विज्ञप्तिमा उल्लेख छ । यस विषयमा अदालतलाई आधिकारिक पक्षबाट बयान दिन बाँकी रहेको बताइएको छ ।

एउटा गैरसरकारी संस्थाले दायर गरेको रिट निवेदनबारे सर्वोच्च अदालतमा छलफल जारी छ । उक्त निवेदनमा कोहिनूर भारतमा फिर्ता ल्याउन सरकारलाई अदालतले निर्देशन दिनुपर्ने माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment