Comments Add Comment

डिसहोममा ३ हजार छुट यसपालि पनि

dishhome९ वैशाख, काठमाडौं । डिसहोमले ‘बजाइराखौं ताली, ३ हजार छुट फेरि यसपालि’ नामक नयाँ ग्राहक योजना ल्याएको छ ।

योजनाअन्तर्गत ग्राहकले ५ हजार ९ सय ९९ पर्ने हाइबि्रड सेट अप बक्ससहितको डिसहोम एचटी कनेक्सन २ हजार ९ सय ९९ रुपैयाँमा जडान गर्न सक्नेछन् । वैशाख २ गतेदेखि लागू गरिएको योजना सीमित अवधिको लागि सञ्चालन हुने कम्पनीले जनाएको छ ।

डिसहोमको बढ्दो लोकपि्रयता तथा नेपाल सरकारले अनिवार्य रुपमा लागू गर्न लागेको डिजिटलाइजेशनलाई मध्यनजर गर्दै योजना  ल्याएको कम्पनीका नायव महाप्रवन्धक कल्याण अधिकारीले बताए ।

‘डिजिटल टिभी सिग्नल अब नेपालका लागि अनिवार्य बन्दैछ । नेपालमा पनि वैशाख १६ गतेदेखि काठमाण्डौ महानगरपालिका र देशभरका सबै उप-महानगरपालिकामा अनिवार्य रुपमा ग्राहकहरुले डिजिटल सेवा प्रयोग गर्नुपर्नेछ’ उनले भने ।

यो बेलामा ग्राहकहरुले सहुलियत मूल्यमा डिसहोमको डिजिटल सेवा जडान गर्न सकुन् भन्ने उद्देश्यका कारण यो ग्राहक योजना ल्याएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment