Comments Add Comment

कनकमणिलाई भेट्न पुगेका कानुन व्यवसायीलाई फर्काइयो

अदालतको आदेश अख्तियारद्वारा उल्लंघन

Kanakmani-Dixit
फाइल फोटो

१५ वैशाख, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको थुनामा रहेका पत्रकार कनकमणि दीक्षितलाई भेट्न पुगेका कानून व्यवसायीहरुलाई भेट गर्न नदिई फर्काइएको छ ।

हाल वीर अस्पतालको आइसीयु कक्षमा उपचार गराइरहेका दीक्षितलाई भेट्न कानुन व्यवसायीद्वय टीकाराम भट्टराई र रमेश बडाल बुधबार वीर अस्पताल पुगेका थिए ।

बिहान ११ बजेर ५५ मीनेट जाँदा वीरमा पुगेका उनीहरुलाई सुरक्षाकर्मीले भेट्न मिल्दैन भन्दै फर्काइदिएका हुन् ।

‘अदालतलेसमेत परिवारजन र उनका वकिलसँग भेट्न दिनू भन्ने आदेश दिइसकेको छ,’ अधिवक्ता भट्टराईले अनलाइनखबरसँग भने, ‘तर हामीलाई माथिको आदेशविना भेट्न मिल्दैन भन्दै फर्काइयो ।’

कुनै पनि बन्दीले आफ्ना परिवारजन र आफ्नो कानून व्यसायीहरुसँग भेट्न पाउनु संविधानप्रदत्त मौलिक हक भए पनि दीक्षितलाई सो अधिकारबाट वञ्चित गरिएको भट्टराईले प्रतिक्रिया दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment