Comments Add Comment

कहिले उत्खनन होला म्याग्दीको नुनखानी ?

रासस

२५ वैशाख, बेनी (म्याग्दी) । उत्तरी म्याग्दीको शिख गाविसस्थित तातोपानी कुण्ड आसपासमा फेला परेको नुनखानी उत्खनन हुन सकेको छैन । नुनखानीको सम्भावना रहेको सरकारी निकायले पुष्टि गरेको लामो समय बितिसक्दा पनि उत्खननमा भने चासो नदिएको स्थानीयको गुनासो छ ।

saltअन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत पर्ने शिख र नारच्याङ गाविसको सिमानामा नुनिलो पानीको मुहान भेटिएपछि त्यसको अनुसन्धानमा स्थानीयले लामो समयदेखि प्रयास गरे पनि राज्यका निकायबाट भने खासै चासो दिइएको छैन ।

चार वर्षअघि म्याग्दीका स्थानीय विकास अधिकारी विष्णुप्रसाद शर्माको नेतृत्वमा इन्जिनियर र भूगर्भविद् संलग्न एक टोलीले निरीक्षण गरी नुुनखानी रहेको पुष्टि गरेको थियो ।

यहाँको पानीको स्वाद नुन हालेको जस्तो भेटिएपछि खानी तथा भूर्गभ विभागमार्फत अनुसन्धान गरिएको तर थप कार्य अघि नबढेको तातोपानी कुण्ड व्यवस्थापन समितिले जनाएको छ ।

करिब ५० डिग्री सेल्सियस तापक्रममा नुनिलो पानीको मुहान तथा आसपासको जग्गामा सेताम्मे नुनजस्तै पदार्थ देखिएपछि आसपासमा कुण्डसमेत बनाएको छ ।

तातोपानी कुण्डको अवलोकनका लागि जिल्ला तथा केन्द्रबाट गएकाले समेत उत्खननका लागि आश्वासन दिएपछि पूरा नभएको समाजसेवी बागवीर पाइजाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment