Comments Add Comment

नेपाललाई १५ वर्षमा मध्यम आय भएको मुलुक बनाइने

Police-and-Program
२६ वैशाख, काठमाडौं । सरकारले मुलुकलाई आगामी १५ वर्षभित्र मध्यम आय भएको मुलुकमा स्तरोन्नति गर्ने लक्ष्य राखेको छ । आगामी वर्ष आर्थिक वृद्धिको प्रस्थान वर्ष वर्ष हुने राष्टपति विद्यादेवी भण्डारीले आज संसदमा सार्वजानिक गरेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख छ ।

आगामी पाँच वर्ष विकासको अवधि हुने र आगामी दश वर्ष समृद्धिको खुटि्कला उक्लिने वर्ष हुने उद्देश्य राखिएको छ । ‘यी सबै प्रयासबाट नेपाललाई छिट्टै अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति गर्नेर आगामी १५ वर्षभित्र मध्यम आय भएका मुलुकहरूको वर्गमा पुग्नेतर्फ सरकारले अठोट गरेको छ,’ नीति तथा कार्यक्रममा उल्लेख छ ।

संयुक्त राष्ट्रसंघद्वारा अनुमोदित दीर्घकालीन विकासका लक्ष्यहरूलाई योजना तथा वार्षिक कार्यक्रममा समावेश गरिने र सन् २०३० सम्मको विकासका लक्ष्य तथा रणनीति तय गरिने बताइएकाको छ ।

यस अघिको सरकारले सन् २०२२ सम्ममा अतिकम विकसित राष्टबाट स्तारोन्नति गरी विकाशोन्मुख खराष्टमा र्पुयाउने लक्ष्य राखेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment