Comments Add Comment

प्रभु मनि ट्रान्सफरको प्रोग्रेशिभ र महिला सहयात्रासँग रेमिटेन्स सम्झौता

MOU२९ वैशाख, काठाडौं । प्रभु मनि ट्रान्स्फर र प्रोग्रेशिभ फाइनान्सबीच रेमिटेन्स सम्झौता भएको छ । सम्झौतामा प्रभु मनि ट्रान्स्फरका तर्फवाट नायव महा प्रवन्धक रामेश्वर सापकोटा तथा प्रोग्रेशिभ फाइनान्सका तर्फवाट कार्यकारी प्रमुख विशाल हुमागाइले संझौतामा हस्ताक्षर गरेका छन् ।

काठमाडाैंको पाको न्युरोड तथा काभ्रेको उग्रतारा पुल वजारमा रहेको शाखाहरुवाट आगामी साताबाट कारोवार संचालन हुने भएको छ ।

त्यसैगरी महिला सहयात्रा माइक्रोफाइनान्स वित्तिय संस्थासगँ पनि रेमिटान्स सम्झौता भएको छ । सम्झौतामा वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृत डा.सुमित्रा मानन्धरल गुरुङ्गले हस्ताक्षार गरे ।

सम्झौता पश्चात मकवानपुरको चित्लाङ्गमा प्रधानकार्यालय रहेको वित्तिय संस्थाको मकवानपुर, ललितपुर, नुवाकोट, रोल्पा, रुकुम, सल्यान र दोलखा गरी ८ जिल्लाका दुर्गम गाउँहरुका ग्राहकले प्रभु मनि ट्रान्स्फर प्रा.लिको रेमिटेन्स सुविधा पाउन सक्ने कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment