Comments Add Comment

अमेरिकी जलसेना विभाग प्रमुख नेपालमा

२९ वैशाख, काठमाडौं । अमेरिकाको रक्षा मन्त्रालय अन्तर्गत जलसेना विभाग प्रमुख रे माबुस नेपालको तीनदिने औपचारिक भ्रमणको सिलसिलामा काठमाडौं आइपुगेका छन् ।

प्रधान सेनापति राजेन्द्र क्षत्री र माबुसले गत वर्षको विनाशकारी भूकम्पपछि उद्धार कार्यमा सिन्धुपाल्चोक जिल्लामा खटिएका अमेरिकी सेनाको हेलिकप्टर दुर्घटनामा दिवङ्गत भएका नेपाली सेना, अमेरिकी सेना तथा गैरसैनिक नेपालीको सम्झनामा छाउनी हाताभित्र नवनिर्मित स्मारकको संयुक्तरुपमा अनावरण गरे ।

प्रधानसेनापति क्षत्रीले विनाशकारी भूकम्पको समयमा अमेरिकी सरकारबाट खोज तथा उद्धार कार्यमा पुर्याएको उच्चस्तरको सहयोगको सराहना गरे ।

माबुसले विपद्को समयमा अमेरिकी सरकारको तर्पmबाट नेपाली सेनालाई हरेक प्रकारको सहयोग गर्न अमेरिका तयार रहेको बताए । रासस

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment