Comments Add Comment

नगदमा हुन्न माया, उधारोमा चल्ने धेरै छन्

udharo-mayaलोकप्रिय लोकदोहोरी गीत स्यांग्जाली झापालीबाट सर्वाधिक चर्चा कमाएका गायक तथा संकलक ज्योति न्यौपाने नयाँ लोक दोहोरी लिएर आएका छन् । न्यौपानेकै शव्द तथा लय संकलन रहेको उधारो माया नामक गितिसंग्रह बजारमा आएको हो ।

लोकपि्रय गायक शिरिष देवकोटा र गायिका सिता केसीको स्वर रहेको यो गीत विन्ध्यबासिनी म्यूजिकले बजारमा ल्याएको छ ।

माया प्रेमका सन्दर्भहरुलाई गीतमा उन्न सीपालु ज्योति न्यौपानेको उधारो मायाको भाकाले यसो भन्छः

नगदमा हुन्न माया उधारोमा चल्ने धेरै छन्

मेरो बैशालु जोबन देखेर यहाँ जल्ने धेरै छन्, यहाँ ढल्ने धेरै छन्

चल्छ जुहारी नामक गिती एल्बमसँगै वि.सं. २०५७ मा सांगितिक यात्रा सुरु गरेका न्यौपानेका दिलमा आगो सल्कियो, स्यांग्जाली झापाली, पहाड तराइ, हिमाल राम्रो हिउँले, पछ्यौरीले मुहार बेरेको, झल्को मेटौँला, भेट्न आउँदिन, म छु पोखरामा मायाँ धरानमा, नपत्याउने खोलाले बगायो लगायतका दर्जनौँ गीतहरुमा लय तथा शव्दका साथै केहीमा स्वर समेत रहेको छ ।

पछिल्लो गितिसंग्रह उधारो मायालाई दर्शक श्रोताले मन पराइदिने अपेक्षा उनले गरेका छन् । यस्तो छ उधारो मायाको भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment