Comments Add Comment

‘रिलेशन’मा तेक्वान्दोको कथा

relation pressmeetअसार १० गतेबाट प्रदर्शनमा आउन लागेकाे चलचित्र ‘रिलेशन’ले समाज परिवर्तनका लागी ठुलो सहयोग गर्ने चलचित्रका निर्देशक दिपेन्द्र दाहालकाे दाबी छ । ‘रिलेशन’ नेपाली समाजमा तेक्वान्दो खेलको महत्वको दर्शाउन र समाजका नकारात्मक कुरालाई हटाउनका लागी बनेको निर्देशक दाहालले बताए ।

बिहिबार एक कार्यक्रमकाे अायाेजना गर्दै चलचित्रमा समावेश ट्रेलर तथा गीत दखाइयाे ।  बिदेशी कलाकारको पनि अभिनय रहेको चलचित्रमा हलिउड थ्रियटरमा पनि प्रदर्शन गरिने निर्देशक दाहालले बताए । उनले भने, “हामी अंग्रेजी सभटाईटलका साथ चलचित्र निर्माण गरेका छौं, हलिउड थ्रियटरमा पनि चलचित्र लाग्नेछ, अहिले अनलाईन टिकेट बुकिंगको काम भईरहेको छ ।

चलचित्रमा नेपाली तेक्वान्दो र अमेरिकन तेक्वान्दोको रिलेशनलाई पनि देखाईएको कार्यक्रममा बताइयो । वनड्ररस मुभिजको व्यानरमा निर्माण भएको रिलेशनमा दिवाकर महर्जनको लगानी छ । चलचित्रमा तेक्वान्दोका फस्ट सेभेन डन दिवाकर डन महर्जन र अमेरिकी व्ल्याक बेष्ट कृटिना नुनास तथा उपेन्द्र तिमल्सिना, महिमा सिलवाल ,लक्ष्मण बिक्रम बस्नेत ,शुशिल पोख्रेलकाे मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment