Comments Add Comment

युरो कपमा रुस र इग्ल्याण्डका समर्थकबीच झडप, ३० घाइते

russ_england_fight2३० जेठ, काठमाडौं । फ्रान्समा जारी यूरो कप फुटबलमा रुस र इग्ल्याण्डका समर्थकबीच झडप भएको छ । झडपमा ३० भन्दा बढी घाइते भएका छन् । जसमध्ये दुईको आवस्था गम्भिर छ ।

दक्षिणी फ्रान्सको मार्से शहरमा फ्रान्स तथा रुसी समर्थकसँग इग्ल्याण्डका समर्थकको झडप भएको थियो । रुस र इग्ल्याण्डको खेल १-१ को बराबरिमा सकिएसँगै दुई देशका समर्थकबीच पुन झडप भएको थियो । रुसी समर्थकलाई इग्ल्याण्डका समर्थकले आक्रमण गरेपछि झडप सुरु भएको बीबीसीले जनाएको छ ।

russia_england_fightएक अनुमान अनुसार आफ्नो टीमको पहिलो म्याच हेर्नका लागि दुवै टीमका करीब ९० हजार दर्शक जम्मा भएका थिए ।  दुई देशका समर्थकले एक अर्कामाथि कुर्सी प्रहार गर्न थालेसँगै दंगा नियन्त्रक प्रहरीले अश्रु ग्यास प्रहार गरेर स्थिति नियन्त्रणमा लिएको थियो ।

russ_england_fight3फ्रान्सका गृहमन्त्री बनार्ड केजेनोवले मारपीटमा उत्रिएकाहरुले खेल अघिको माहोलका कारण हिंसा मच्चिएको बाहना बनाएका छन् ।  यूरोपियन फुटवलको सर्वोच्च संस्था यूईएफए ले हिंसाको निन्दा गर्दे भनेको छ,’यस्तो हिंसात्मक गतिविधिको खेलमा कुनै स्थान छैन ।’ यूईएफएले हिंसाको जाँच गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment