भन्साली फिल्मस्को लोगो कपी गर्दै निर्देशक राजु गिरीले असार ३१ गते रिलिज हुने चलचित्र ‘जीस्म’को ट्रेलर सार्वजनिक गरेका छन् । सार्वजनिक ट्रेलरमा अर्चना पनेरुलाई हट देखाइएको छ । हुनत, अर्चनाको हट अवतारले चलचित्र ‘छेस्को’को व्यापारमा कुनै तहल्का नमच्चाएकाले पनि राजुका लागि यो चलचित्र चुनौती बनेको छ ।
राजुले एक यूवतीको मोडलिङ करिअर र उनको सपनालाई चलचित्रमा देखाउन खोजेका छन् । अर्चनालाई सुरेन्द्र बुढाथोकीले साथ दिएका छन् । नाङ्गीएरै चलिन्छ भन्ने अर्चनालाई दर्शकले पहिलो चलचित्रबाटै झापड हानिसकेका छन् । अब, राजुले चलचित्रको प्रचारमा अपनाउने शैलीले नै यसको व्यापारमा असर पार्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4