काठमाडौैं । विराज भट्ट निर्देशित एक्सन फिल्म ‘१२ गाउँ’ अहिले देशब्यापी प्रदर्शन भैरहेको छ । यो फिल्मले जति शो पाएको छ, सबैमा उत्कृष्ट अकुपेन्सीसहित प्रदर्शन भैरहेको देखिन्छ ।
फूलपातिमा रिलिज भएको यो फिल्मले आइतबार पनि उत्कृष्ट प्रदर्शन गरेको छ ।
एक्सन अभिनेताको रुपमा कहलिएका विराजले यो फिल्ममा छोरा समीरलाई डेब्यु गराउँदै लिगेसीलाई अघि बढाउन खोजेको देखिन्छ । उनी यस अर्थमा, सफल पनि देखिएका छन् । समीरको एक्सन कौशलको यतिबेला चर्चा भैरहेको छ ।
विराज यो फिल्मको दोस्रो श्रृंखला पनि बनाउनेतर्फ अग्रसर देखिन्छन् । जसको मार्गप्रशस्त उनले फिल्मको क्लाइमेक्ससँगै गरिदिएका छन् । फिल्मको इण्डिङ यसरी प्रस्तुत गरिएको छ, जसले विराज दोस्रो श्रृंखलाको तयारीमा जुटेको बुझ्न सकिन्छ ।
फिल्ममा प्रहरीको भूमिकामा देखिएका अभिनेता नरेन खड्काले १२ गाउँपछि अपराध अनुसन्धानका अन्य मुद्दातर्फ पनि अनुसन्धान गरेर ठूला माछा समात्न खोजेको संवाद फोनमार्फत दिएका छन् । त्यसपछि समीरको पात्र डुंगा चढेर कतै गइरहेको देख्न सकिन्छ ।
यी दुई दृश्यमार्फत विराज ‘१२ गाउँ’को दोस्रो श्रृंखला चाँडै ल्याउने तयारीमा रहेको बुझ्न सकिन्छ । ‘१२ गाउँ’को समाप्ती ‘ओपन इण्डिङ’ राखिएको छ । जसको अर्थ, कथा निरन्तर हुनेछ भन्ने हो ।
प्रतिक्रिया 4