Comments Add Comment

आधिकारिक ट्रेड युनियनमा कांग्रेस निकट संघले प्रतिनिधि छान्यो

३१ जेठ, काठमाडौं । नेपाल निजामती कर्मचारी युनियन (सङ्घ)ले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका पदाधिकारी र सदस्यमा पठाउनेको नामावली टुङ्गो लगाएको छ ।

महासचिवमा युनियनका अध्यक्ष सुबोधकुमार देवकोटा तथा सदस्यमा विश्वबन्धु रेग्मी, सुवासकुमार कोइराला, सुशीलकुमार केसी, राजुप्रसाद उप्रेती, जनकबहादुर रावल र शङ्कर पुरीलाई पठाउने सर्वसम्मत निर्णय गरिएको सदस्य रेग्मीले जानकारी दिए ।

जेठ १९ गते भएको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी सङ्गठन पहिलो, नेपाली काँग्रेस निकट सङ्घ दोस्रो र नेकपा (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन तेस्रो भएको थियो ।

नेपाल निजामती कर्मचारी नियमावलीअनुसार केन्द्रमा तीन सङ्गठन निर्वाचित भएका अवस्थामा पहिलो हुनेले अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष र आठ सदस्य, दोस्रो हुनेले महासचिव र छ सदस्य, तेस्रो हुनेले सचिव र दुई सदस्य पाउने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment