Comments Add Comment

कोरियन भाषा परीक्षामा थप ६० नकक्ली परीक्षार्थी समातिए

५७ हजारले दिए परीक्षा

eps-14
५ असार, काठमाडौं । यसवर्षको इपीएस कोरियन भाषा परीक्षा सकिएको छ । कोरियन भाषा इपिएस परीक्षाको दोस्रो तथा अन्तिम दिन ६० जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

अर्काको नाममा परीक्षा दिने ६० जनालाई परीक्षा केन्द्रहरुबाटै नियन्त्रणमा लिइएको हो । हिजो पनि ३१ जना खेताला परीक्षार्थीलाई पक्राउ गरिएको थियो । पहिलो दिन भन्दा दोस्रो दिन बढी नक्कली परीक्षार्थी भेटिएका हुन् ।

दुई दिन चार सिफ्टमा चलेको यसवर्षको परीक्षामा ९१ जना नक्कली परीक्षार्थी प्रहरीको फन्दामा परेका छन् ।  उनीहरुलाई अपराधको कसुर हेरेर सरकारी सही छाप किर्ते, ठगी लगायतका मुद्धा चल्न सक्ने इपीएस कोरिया शाखाका निर्शेशक डिल्लीराम बास्तोलाले बताए ।

‘कोही थुप्रै रकम लिएर परीक्षा दिन आएका छन्, कसैले पासपोर्ट नै अरुको फोटो राखेर बनाएका होलान्, कतिपयले अरुको एमआरपी लिएका छन्’ उनले भने-‘कसुरको प्रकति हेरेर उनीहरुविरुद्ध मुद्धा चल्नेछ ।’

यस्तै नक्कली परीक्षार्थी र उनीहरुलाई सहभागी गराउने व्यक्तिलाई २ वर्ष कोरियन भाषा परीक्षा दिन रोक लगाइनेछ । अरुको नाममा परीक्षा दिनेलाई नियन्त्रणमा लिन यसवर्षदेखि फारम भर्दा र परीक्षा दिँदा एमआरपी अनिवार्य गरिएको थियो । तर, यसवर्ष पनि गतवर्ष जस्तै खेताला परीक्षार्थीहरु संलग्न भएको पाइएको छ ।

आइतबार पहिलो सिफ्टमा काठमाडौंका विभिन्न परीक्षा केन्द्रबाट ११ जना र ललितपुरबाट १० जना पक्राउ परेका थिए । दोस्रो सिप\mटमा काठमाडौँबाट १ बिचौलियासहित ३९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

यसवर्ष भाषाका परीक्षाका लागि ६० हजार ६ सयले फारम भरेका थिए । जसमा ५ प्रतिशत परीक्षार्थी परीक्षामा सहभागी भएनन् । ५७ हजार १ सय परीक्षार्थीले इपीएस परीक्षा दिएका छन् । यसको नतिजा साउन ११ गते प्रकाहन हुनेछ । यसवर्ष कोरियाले ३१ सय नेपालीलाई भाषा परीक्षामा पास गराउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment