Comments Add Comment

‘फिटकिरी’ निर्माताको क्याफे १० बर्षमा, चलचित्रकर्मीले काटे केक

oasis cafe

चलचित्र ‘फिटकिरी’का निर्माता हुन्, सुमित मैनाली । सुमितले काठमाण्डौको बसुन्धरामा संचालन गर्दै आएको ‘ओएसीस क्याफे’ स्थापनाको १० बर्ष पुगेको छ । यहि, अवसर पारेर काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरियो । जसमा केहि पत्रकार र चलचित्रकर्मी उपस्थित थिए ।

कार्यक्रममा निर्देशक दीपेन्द्र के खनाल, निर्माता अर्जुन कुमार, माधव वाग्ले, कलाकार आयुष्मान देसराज लगायतले केक काटे ।

सुमितले दरबारमार्गमा ‘क्यूज हल’ पनि संचालन गर्दै आएका छन् । क्याफे १० बर्ष पुगेको अवसरमा असार २० गतेसम्म ग्राहकका लागि विभिन्न गिफ्ट ह्याम्परका  साथमा हरेक दिन ५० प्रतिशत छुट पनि दिइएको निर्माता तथा व्यवसायी मैनालीले बताए । हरेक दिन चर्चित कलाकारबाट कार्यक्रम पनि हुने उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment