Comments Add Comment

रानीको फिटनेसः दिनमा सय पटक सूर्य नमस्कार

बलिउड अभिनेत्री रानी मुखर्जीले आज आफ्नो जन्मदिन मनाउँदैछिन् । उनी उमेरले ४१ बर्ष पुगेकी छिन् । यो उमेरमा पनि उनी उस्तै देखिन्छन्, जो वैशालु उमेरमा देखिन्थे । आखिर उनले कसरी आफ्नो जवानी ढल्कन दिइनन् । कसरी उनले आफ्नो चमक धीमा हुन दिइनन् । कसरी उनले आफ्नो तन्दुरुस्ती बचाइराखिन् ।

आवरणले मात्र उनको चमकदमक कायम रहेको होइन । आफुलाई शारीरिक रुपमै फिट एन्ड फाइन राख्नका लागि उनले कम्ता मेहनत गरेकी छ्रैनन् ।

अहिले उनी त्यती लाइमलाइटमा छैनन् । कारण उनी गृहस्थी जीवन विताइरहेकी छिन् । यशराज फिल्म्सका हर्ताकर्ता आदित्य चोपडालाई आफ्नो जीवनसाथी बनाएकी रानीले विवाहपछि एकाध फिल्म गरिन् । सक्रिय रुपमा उनी फिल्ममा देखिएकी छै्रनन् ।

एक समय यस्तो थियो कि, बलिउडमा रानीको रजगज थियो । सन् २००४ देखि लगातार तीन बर्षसम्म उनले फिल्मफेयर अवार्डमा उत्कृष्ट अभिनेत्रीको उपाधी हात पारिरहिन् ।

रानी फिल्मी पृष्टभूमीमै हुर्किएकी हुन् । उनका पिता राम मुखर्जी फिल्म निर्देशक थिए । आमा गायिका । उनका भाई राज पनि फिल्म निर्देशक हुन् । अभिनेत्री काजोलसँग उनको पारिवारिक नाता छ ।

‘चोरी चोरी चुपके चुपके’, मुझसे दोस्ती करोगे’, ‘कुछ कुछ होता है’, ‘बन्टी और बबली’, ‘वीर जरा’, ‘हम तुम’, ‘साथिया’ जस्ता फिल्म दिएकी रानी अहिले फिल्मबाट क्रमस ओझेल हुँदैछिन् । यद्यपी उनको चमक अझै उस्तै छ ।

भनिहालौं, रानी आफ्नो सुन्दरता र फिटनेसलाई कायम राख्नका लागि एकदम मेहनत गर्छिन् । आखिर उनको दिनचर्या कस्तो छ ? दिनभर कति सक्रिय रहन्छिन् ? उनको खानपान कस्तो छ ?

रानीको फिटनेस सेक्रेट

रानी योग एवं प्राणायमबाट आफ्नो दिनचर्या सुरु गर्छिन् । उनका फिटनेश ट्रेनरले बताए अनुसार रानीले रोग प्रतिरोधात्मक क्षमता दुरुस्त राख्न योग गर्छिन् ।

रानीले दिनभरमा एक सय पटक त सूर्य नमस्कार गर्छिन् । त्यस्तै दुई हजार, पच्चिस सय पटक कलभाती गर्छिन् । यसबाटै तपाईंले उनको मेहनतबारे अनुमान लगाउन सक्नुहुनेछ ।

फिटनेसका लागि जुस

रानी मुखर्जी खानपानमा एकदम सर्तक छिन् । उनी अनावश्यक खानपानबाट टाढै रहन्छिन् । आफ्नो स्वास्थ्यप्रति कहिल्यै सम्झौता गर्दिनन् । शरीरलाई फिट र सक्रिय राख्नका लागि रानीले घिउकुमारी, कागतीपानी, नरिवल पानी पर्याप्त मात्रामा सेवन गर्छिन् ।

सन्तुलित भोजन

एक अवार्ड समारोहमा रानीलाई उनको सुन्दरता र फिटनेसको रहस्यबारे सोधिएको थियो । उनले भनेकी थिएन्, ‘म माछा र चामल खान्छु । यही नै मेरो सुन्दरताको राज हो ।’

भनिहालौं, रानीले विहानीको सुरुवात सुप र ग्रीन टिबाट गर्छिन् । बिहान र साँझको खानामा उनी उसिनेको सब्जी, सलाद सेवन गर्छिन् ।

रानीको ब्युटी सेक्रेट

रानीले आफ्नो कपालको सौन्दर्यबारे पनि बताएकी छिन् । उनले कपालको सौन्दर्य जोगाउन खानपान र जीवनशैलीमा पनि ध्यान दिएकी छिन् । साथै उनी हप्तामा एक दुई पटक हेयर मसाज गर्छिन् ।

अनुहारको चमकको लागि

रानीले आफ्नो अनुहारको छालाको चमक कायम राख्नका लागि स्किन केयर रुटिन फलो गर्छिन् । छालाको स्वस्थ्यका लागि उनी क्लिनजिंग, टोनिङ, मोश्चराइजिग गर्छिन् । साथै उनी दुई पटक फेशियल पनि गर्छिन् ।

पर्याप्त पानी पिउने

रानी पर्याप्त पानी सेवन गर्छिन् । यसले शरीरलाई हाइड्रेटेड मात्र राख्ने होइन कि, शरीरभित्रको विषाक्त पदार्थ बाहिर पनि निकाल्छ ।

घरमा मेकअप गर्दिनन्

रानीले अन्र्तवार्तामा भनेकी थिइन्, ‘जसै म घर आउँछु आदित्य वा अदीराले सबैभन्दा पहिले मलाई मेकअप उतार्नका लागि भन्छन् । दुबैले मेरो मेकअप हेर्न रुचाउँदैन् । त्यसैले घरमा म मेकअप उतार्छु ।

नरम ओंठको लागि

रानी बजारमा उपलब्ध सौन्दर्य सामाग्री त्यती प्रयोग गर्दिनन् । उनी सकेसम्म प्राकृतिक र उच्च स्तरको सौन्दर्य सामाग्री प्रयोग गर्छिन् । ओंठलाई मुलायम बनाइराख्न उनी म्याक भिभा ग्लाम भि ब्रान्डको लिप्सटिक प्रयोग गर्छिन् ।

आकर्षक आँखाका लागि

रानीले आफ्नो आँखाको सौन्दयृ जोगखाउनका लागि गाजल प्रयोग गर्छिन् । साथै गुलाबजलबाट बनाएको टोनर प्रयोग गर्छिन् । यसले उनको आँखा चमकदार र आकर्षक बनाइराख्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment