+

अस्ट्रेलियाले सातौंपटक जित्यो महिला टी-२० विश्वकपको उपाधि

२०८३ असार  २१ गते २३:३५ २०८३ असार २१ गते २३:३५

२१ असार, काठमाडौं । अस्ट्रेलियाले आईसीसी महिला टी-२० विश्वकपको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा इंग्ल्यान्डलाई ६ विकेटले पराजित गर्दै अस्ट्रेलियाले सातौंपटक उपाधि जितेको हो ।

इंग्ल्यान्डले दिएको १५१ रनको लक्ष्य अस्ट्रेलियाले १७ बल बाँकी छँदा ४ विकेट गुमाएर पूरा गर्‍यो । बेथ मूनीले ६४ तथा फोबे लिचफिल्डले ४८ रन बनाइन् ।

इंग्ल्यान्डका लागि चार्लोट डिन, लाउरेन बेल र सोफी एक्लेस्टोनले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले २० ओभरमा ४ विकेट गुमाएर १५० रन बनाएको थियो । कप्तान नाट सिभर ब्रन्टले अविजित ५८ रन बनाइन् भने फ्रेया केम्पले ४४ रन बनाएर अविजित रहिन् ।

अस्ट्रेलियाका लागि किम गार्थ, लुसी हामिल्टन, कप्तान सोफी मोलिनक्स र एनाबेल सदरल्यान्डले १-१ विकेट लिए ।

अस्ट्रेलिया प्रतियोगिताभर अपराजित रहेर च्याम्पियन बन्यो । समूह चरणका ५ वटै खेल जितेको अस्ट्रेलियाले सेमिफाइनलमा वेस्ट इन्डिजलाई पराजित गरेको थियो ।

अस्ट्रेलिया महिला क्रिकेट आईसीसी महिला टी-२० विश्वकप एसिया छनोट महिला टी-२० विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय