२१ असार, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) का लागि हुने खेलाडी अक्सनमा १५५ खेलाडी छनोट गरेको जनाएको छ ।
क्यानका अनुसार प्रतियोगिताका लागि कुल ३४७ खेलाडीले नाम दर्ता गराएकामध्ये भोलि सोमबार काठमाडौंमा हुने अक्सन का लागि १५५ खेलाडी छनोट भएका हुन् ।
छनोट भएकामध्ये क्याटेगोरी ‘ए’ मा ५, ‘बी’ मा २७ र ‘सी’ मा १२३ खेलाडी रहेका छन् । अक्सनमार्फत आठ फ्रेन्चाइज टोलीले कुल ५२ खेलाडी अनुबन्ध गर्नेछन्।
यसपटकदेखि प्रत्येक फ्रेन्चाइज टोलीमा दुई/दुई जना थप नेपाली खेलाडी समावेश गरिने क्यानले जनाएको छ ।
मार्की र ट्यालेन्ट हन्टबाट छनोट हुने खेलाडीसहित हरेक टोलीमा कुल १४ नेपाली खेलाडी रहने व्यवस्था गरिएको छ ।
अक्सनअघि आठ टोलीसँग रहेको बाँकी पर्स (रकम) यसप्रकार छ :
सुदूरपश्चिम रोयल्स – रु ४२ लाख ५० हजार
काठमान्डु गोर्खाज – रु ३४ लाख
कर्णाली याक्स – रु ४२ लाख
चितवन राइनोज – रु ४२ लाख
पोखरा एभेन्जर्स – रु ४५ लाख ५० हजार
लुम्बिनी लायन्स – रु ४९ लाख २५ हजार
विराटनगर किङ्स – रु ५१ लाख ५० हजार
जनकपुर बोल्ट्स – रु ६६ लाख २५ हजार
अक्सनमा जाने खेलाडीहरूको सूची


प्रतिक्रिया 4