Comments Add Comment

काबुलमा मारिएका नेपालीको शव बुझ्न प्रधानमन्त्री बिमानस्थल जाँदै

KP Oli८ असार, काठमाडौं । काबुलमा भएको आत्मघाति बम विष्फोटमा मारिएका नेपालीहरुको शव बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली आफैं त्रिभुवन विमानस्थलमा पुग्ने भएका छन् ।

शव ल्याएर नेपाल वायूसेवा निगमको बिमान अपरान्ह त्रिभुवन विमानस्थलमा अवतरण हुँदैछ ।

निगमको आज बिहान साढे तीन बजे काबुल प्रस्थान गरेको थियो । बिमानले शवसँगै नेपाल फर्कन इच्छुक नेपालीहरूलाई पनि ल्याउनेछ ।

काबुल विष्फोटको घटनापछि काम छोडेर नेपाल फर्किन चाहनेहरुलाई सम्पर्क गर्न नेपालको  परराष्ट्र मन्त्रालयले आग्रह गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment