Comments Add Comment

झापामा मोटरसाइकल दुर्घटना हुँदा २ को मृत्यु

१३ असार, झापा । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत झापाको बिर्तामोड-१ स्थित रामचोकमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा धरमपुरका ३१ वर्षीय राजु आचार्य र बिर्तामोडका ३३ वर्षीय पुकार गिरी छन् ।

बी एण्ड सी हस्पिटल विर्तामोडमा उपचारका क्रममा आचार्यको आइतबार राति र गिरीको सोमबार विहान मृत्यु भएको हो ।

पश्चिमतर्फ आइरहेको को ९ प ६८४९ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको साइकललाई आइतबार साँझ ठक्कर दिएको थियो । र, मोटरसाइकल अनियन्त्रित हुँदा विपरीत दिशाबाट आइरहेको मे १ ख १९०६ नम्बरको बसमा ठोक्किएको थियो ।

घटना पछि साइकल चालक फरार छन् भने बस र त्यसका चालक प्रहरी नियन्त्रणमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment