Comments Add Comment

बंगलादेशमा भएको ‘पहिलो आतंकवादी आक्रमण’को सन्देश

dhaka-attack

१८ असार, काठमाडौं । बंगलादेशको ढाकामा भएको आक्रमणको जिम्मा चरमपन्थी संगठन इस्लामिक स्टेटले लिएको छ ।

यो आक्रमण अति सुरक्षिति गुलशन इलाकामा भएको हो । एसएसटीप्भीका न्यूज एडिटर सैफुल हुदाका अनुसार यसअघि भएका हत्याहरुलाई आतंकवादी भन्न गाह्रो छ । किनकी अधिकांश घटनामा हत्या गरेर भागेको पाइएको छ ।

तर, शुक्रबार साँझ भएको आक्रमण आतंकवादी आक्रमण हो । र, यस्तो पहिलो पटक भएको हो ।

श्क्रबार साँझपछि पुरा इलाका बन्द गरिएको छ । यस्तो सुरक्षा व्यवस्था बंगलादेशमा पहिले कहिल्यै देखिएको थिएन । यो बंगलादेशको सुरक्षा व्यवस्थामा नयाँ आयाम हो ।

तर, यो मामिलालाई सुरक्षा एजेन्सीहरुको कसरी सम्हाल्छन्, त्यो हेर्न बाँकी नै छ । हुदा भन्छन्, बंगलादेश यस्चो घटनाको सामना गर्न पुरा तयार देखिएन । सुरक्षा बलले सोचेका पनि थिएनन् होला कि यस्तो घटनाको सामना गर्नुपर्छ ।’

उनका अनुसार यो घटना पनि त्यही देखाएको छ । कमाण्डोहरु आधा-उक घण्टामा पुग्नु पर्ने हो । तर, त्यस्तो भएन ।

इस्लामिक स्टेटले चरमपन्थी आक्रमणका लागि गुलशन इलाका नै रोजेको छ । यसको राजनीतिक रुपमा निकै अर्थ छ । यो भन्दा सुरक्षा ठाउँ ढाकामा छैन ।

त्यसैले यो घटनाबाट उसले दिएको सन्देश भनेको उसले जहाँ पनि आक्रमण गर्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment