Comments Add Comment

‘प्रेमगीत’की कोरियोग्राफर भन्छिन्-‘मेरो श्रृजनाको अपमान भो, फान अवार्डमा सहभागी हुन्न’

Renasha Rai (1)
शनिबार आयोजना भएको ‘फान अवार्ड’ सम्पन्न भएसँगै विवाद चुलिएको छ । हुनत, अवार्ड विवादरहित भएको खासै पाइदैन । यसैले, यो अवार्ड पनि विवादमा पर्नु नौलो कुरा भएन । तर, धेरैले अवार्ड नपाएको भन्दा पनि नोमिनेशनमा परेर पनि निम्तो नपुगेकोमा विरोध गरिरहेका छन् ।

चलचित्र ‘प्रेमगीत’को ‘म यस्तो गीत गाउँछु’ बोलको गीत कोरियोग्राफी गरेकी रेनशा वान्तवा राइले अवार्डका लागि निम्तो नै पाइनन् । जबकी, उनी उत्कृष्ट ५ को नोमिनेशनमा थिइन् । रेनशाले आफूलाई निम्तो पनि नगरिएको भन्दै आफ्नो श्रृजनाको अपमान भएको बताइन् ।

अनलाइनखबरसँग कुरा गर्दै रेनशाले भनिन्-‘अवार्ड पाउनु या नपाउनु दोश्रो कुरा हो । तर, उत्कृष्ट ५ मा परेको प्रतिस्पर्धीलाई नै नबोलाउनु लाजमर्दो कुरा हो । पहिले नै अवार्ड कसलाई दिने पक्का गरेर अरुलाई किन बोलाउनु भने जस्तै देखियो ।’

गतबर्ष प्रदर्शनमा आएका चलचित्रमध्ये ‘प्रेमगीत’को शिर्ष गीतको कोरियोग्राफीले अत्याधिक चर्चा पाएको थियो । रेनशाले अवार्ड पाएको गीत ‘सुर्के थैली’ अडियोमा मात्र हिट भएको बताइन् । उनले भनिन्-‘मैले यो गीतको कोरियोग्राफीमा खासै केहि भेटेको छैन । बरु, चलचित्र ‘ड्रिम्स’बाट कविराज गहतराजले पाएको भए चित्त वुझाउन सक्थेँ । सुर्के थैलीको कोरियोग्राफीले नेपाली चलचित्रको गीत मेकिङलाई नयाँ उचाइमा लादैन ।’

उनले ‘प्रेमगीत’को शिर्ष गीतमा सामान्य जंगलदेखि गोदावरीलाई पनि सपनाको वगैचा जस्तो बनाएको बताइन् । रेनशाको प्रश्न छ-‘जुरीबाट यस्तो कुरा किन नियालिएन थाहा भएन ?’

उनले अबदेखि कलाकार संघले आयोजना गर्ने ‘फान अवार्ड’मा आफू सहभागी नहुने बताइन् । रेनशाले भनिन्-‘मैले अबदेखि कलाकार संघको अवार्डमा सहभागी नहुने निर्णय गरेकी छु । अनलाइनखबरबाट मैले औपचारिक घोषणा गरेकी हुँ । उत्कृष्ट ५ मा परेको चलचित्रकर्मीलाई नै अवार्डमा निम्तो नदिनु कतिसम्म लापरवाही हो ?’

रेनाशाका अनुसार उत्कृष्ट ५ को कोरम पुर्‍याउनका लागि नै अरुको श्रृजना राख्ने हो भने त्यो श्रृजनाको अपमान मात्र हो । उनले यसलाई लापरवाहीको चरम सिमा बताएकी छिन् । उनले अबदेखि आफूलाई ‘फान अवार्ड’को उत्कृष्ट ५ मा नराख्न आग्रह पनि गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment