Comments Add Comment

वैदेशिक रोजगारीमा रहेकी खड्काको म्युजिक भिडियो सार्वजनिक

nilam khadkaयुएई  । रोजगारीका लागि युएई पुगेकी काठमाडौंकी निलम खड्का आफ्नो नियमित काममा अतिरिक्त मोडलिङको क्षेत्रमा संघर्षरत छिन् ।

नेपाली गीतसंगीत तथा रजतपटका चर्चित गायकगायिकाहरुका गीत तथा कलाकारहरुसँग मोडलिङ गरिरहेकी खड्काको तस्रो म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायक प्रमोद खरेलको नयाँ गीतको ‘अमृत भनी बिष दियौं, बिषै पनि पिएँ, तिमी मेरै बन्छौै भन्ने पर्खाइमा थिएँ…’  भन्ने गीतमा अनुराग थपलिया र मोहन बोगटीसँग खड्कालाई देख्न सकिन्छ । खड्काले करिब एक महिनाअघि गायक प्रमोद खरेलकै एक गीतमा नायक जीवन लुइँटेलसँग एक गीतमा मोडलिङ गरिसकेकी छिन् ।

युएईमा संघर्षशील नेपाली मोडलमध्ये निलम एक हुन्, जसले एक वर्षभित्रै चर्चित कलाकारहरुसँग अभिनय गरेर उत्कृष्ठ भिडियोहरु निरन्तर सार्वजनिक गरिरहेकी छिन् । गीतको भिडियोमा मोडल खड्काले अभिनय तिखार्दै लगेको प्रस्ट देखिन्छ । भिडियोमा अनुराग, निलम र मोहनको त्रिकोणात्मक वियोगान्त प्रेमकथालाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ । भिडियोको छायांकन र सम्पादन तारिफयोग्य छ ।

चर्चाको शिखरमा चढ्दै गरेकी फोटोजिनेटिक मोडल निलमको यो तस्रो भिडियोमा पनि यूएईको अलऐनको प्राकृतिक सुन्दरता, मानव निर्मित हराभरा पार्क, भौतिक सम्पन्नता, अत्याधुनिकता र वैवभतालाई दर्शकहरुले देख्न सक्छन् ।

यूएईमै कार्यरत चर्चित मोडलहरु निलम खड्का, अनुराग थपलिया र मोहन बोगटीको जीवन्त अभिनय अभिनय रहेको भिडियोमा यूएईका रमणीय स्थलहरुलाई कैद गरिएको छ ।

भिडियोको निर्देशक प्रकाश भट्टले गरेका छन् भने क्यामरामा सन्तोस ढकाल रहेका छन् । यो भिडियोले यूएईमा श्रमरत मोडेलहरुको प्रतिभालाई उकास्ने काम गरेको छ । सुगठित शरीरधारी गोरखाका बोगटीले यसभन्दा अघि करिब एक दर्जन भिडियोहरुमा अभिनय गरिसकेका छन् भने खड्काले यसअघि स्वरुपराज आचार्यको एक गीतमा मोडलिङ गरिसकेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment