Comments Add Comment

अमेरिकामा प्रदर्शनका क्रममा प्रहरीमाथि गोली प्रहार, चारको मृत्यु

america_1२४ असार, काठमाडौं । अमेरिकाको डालसमा एक विरोध प्रदर्शनका क्रममा बन्दुकधारीले चार प्रहरी अधिकारीलाई गोली हानेर हत्या गरेका छन् ।

प्रहरीले दुई काला व्यक्तिलाई गोली हानेको विरोधमा यो प्रदर्शन भएको थियो । घटनापछि एक संदिग्धलाई प्रहरीले पक्राउ गरेको छ भने अर्काले आत्मसमर्पण गरेका छन् ।

विरोध प्रदर्शनका क्रममा अचानक गोली चलेपछि भागदौड मच्चिएको थियो । अधिकारीहरुका अनुसार घटनामा अन्य प्रहरी अधिकारी पनि घाइते भएका छन् । र, उनीहरु मध्ये केहीको अवस्था गम्भीर छ ।

मिनेसोटामा प्रहरीले काला व्यक्तिलाई गोली हानेको भिडियो सार्वजनिक भएपछि अमेरिकामा बहस चर्किएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment