Comments Add Comment

जयपृथ्वी राजमार्ग छ दिनपछि खुल्यो

२८ असार, बैतडी । बिहीबार राति परेको पानीका कारण झरेको पहिरोले अवरुद्ध बैतडीको खोड्पेदेखि बझाङ सदरमुकाम चैनपुरसम्मको जयपृथ्वी राजमार्ग छ दिनपछि आजदेखि सञ्चालनमा आएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार मटेला–३ मा पर्ने जाल्या बगर आसपासका १५ स्थानमा र रायलको दिउरामा गएको पहिरोले अवरुद्ध भएको राजमार्ग लामो प्रयासपछि आज सञ्चालनमा आएको जानकारी दिनुभयो ।

पहिराका कारण राजमार्ग अवरुद्ध हुँदा यातायातका साधन पूर्णरुपमा बन्द भएका थिए । बझाङमा एउटै पनि जेसिभी डोजर नहुँदा बैतडी र डडेल्धुराबाट ल्याइएको डोजरले पहिरो पन्छाइएको हो ।

राजमार्ग अवरुद्ध हुँदा जिल्लाबाट बाहिरिने र भित्रने कुनै पनि गाडी चल्न नसक्दा यात्रु अलपत्र पर्नाका साथै जिल्लामा खाद्यान्न अभाव हुने सङ्केत देखिएको थियो ।

सडक अवरुद्ध हुँदा काठमाडौँं, कञ्चनपुर, कैलाली, डडेल्धुरा, डोटी, अछाम र बैतडीका लागि छुटेका तथा जिल्ला भित्रिन लागेका गाडी तथा यात्रु आ–आफ्नो गन्तव्यतिर लागेका छन् । यसअघि पनि पहिराकै कारणले उक्त राजमार्ग बेला बेलामा अवरुद्ध हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment