Comments Add Comment

एक सातामा ‘सुल्तान’को कमाई २ सय करोड बढी, बन्यो नयाँ रेकर्ड

salman and anuska
बलिउड नायक सलमान खानले नयाँ रेकर्ड राखेका छन् । आजसम्म बलिउडमा रिलिज भएका कुनै पनि चलचित्रले प्रदर्शनको एक सातामा २ सय करोड कमाएको थिएन । तर, गत वुधबारबाट रिलिज भएको चलचित्र ‘सुल्तान’ले १ सातामा २ सय करोड कमाई गरेको छ ।

इदको बिदाको फाइदा उठाउँदै ५ दिनमै १ सय ८० करोड कमाएको यो चलचित्रले सोमबार र मंगलबार थप ३० करोड कमायो । चलचित्रले ७ दिनमा २ सय १० करोड हारहारीको व्यापार गरेको छ । भारतमा कुनै चलचित्रले एक सातामा नेट कलेक्शन गरेको यो नै सवैभन्दा बढी हो ।

यशराज ब्यानरको निर्माणमा तयार भएको यो चलचित्र करिब ४३ सय हलमा चलेको थियो । वुधबारदेखि आइतबारसम्म बढाइएको टिकट दरका कारण पनि यसको व्यापारिक आँकडा उच्च भएको हो । सलमान खान र अनुष्का शर्मा अभिनित चलचित्र रेसलिङ र प्रेमकथामा आधारित छ ।

शुक्रबारदेखि नयाँ २ चलचित्र रिलिज हुने भएकाले पनि चलचित्रको व्यापार केही कम हुनसक्छ । यो चलचित्रले ३ सय करोडको आँकडा छुने विश्लेषण पनि गरिएको छ । भारतमा आजसम्म सर्वाधिक कमाई गर्ने चलचित्र ‘पीके’ हो, जसले ३ सय ३० करोड कमाएको थियो । के ‘सुल्तान’ले यो रेकर्ड तोड्ला ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment