Comments Add Comment

हरेक म्याच आफ्ना लागि अन्तिम भनेर खेल्छुः यासिर शाह

Yashir-Shah

काठमाडौं । इंग्ल्याण्डबिरुद्धको पहिलो टेष्टमा लर्डस क्रिकेट मैदानमा पाकिस्तानले ७५ रनको ऐतिहासिक जित हासिल गर्‍यो । यसमा नायक रहे ३० बर्षीय पाकिस्तानी लेगस्पिनर यासिर शाह । शाहले पहिलो टेष्टमा अरिअरकै उत्कृष्ट बलिङ गर्दै १० विकेट लिए ।

इंग्ल्याण्डबिरुद्ध उसकै मैदानमा देखाएको शाहसिक प्रदर्शनपनि उनलाई विश्वकै उत्कृष्ट स्पिनरको रुपमा हेर्न थालिएको छ । अष्ट्रेलियाली महान स्पिनर शेर्न वार्नले पनि उनलाई ‘उत्कृष्ट’ भन्दै ट्वीट गरेका छन्, जसलाई यासिर सपना साकार भएको मान्छन् ।

लर्डसमा हासिल गरेको यो अभुतपूर्व सफलतापछि उनी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको केन्द्रमा छन् । सन् २०१४ मा अष्ट्रेलियाबिरुद्धको सिरिजमा डेब्यू गरेका यासिरले १३ टेष्ट म्याचमा अहिलेसम्म ८६ विकेट लिएका छन् । जुन अविश्वसनीय आँकडा हो ।

टेष्ट क्रिकेटमा सबैभन्दा छिटो ५० विकेट लिने यी स्टारलाई सोधिएको थियो कि, तपाईं यस्तो बिशेष प्रदर्शन कसरी गर्न सक्नुहुन्छ ?

यासिर भन्छन्, ‘अष्ट्रेलियाबिरुद्धको सिरिजअघिको क्याम्पमा मैले निक्कै मेहनत गरेको थिएँ । टिममेटले पनि मलाई एथेष्ट सहयोग गरेका हुन् । मलाई हरेक खेलमा पाकिस्तानका लागि शतप्रतिशत प्रदर्शन गर्ने चाहना हुन्छ ।’

यासिरले थपे, ‘मैले हरेक खेलका लागि भिन्दा भिन्दै योजना बनाउँछु र म हरेक खेलमा यसरी प्रस्तुत हुन्छ कि मेरो यो नै अन्तिम खेल हो । यसका लागि तपाईंलाई सजिलो पक्कै छैन किनभने क्रिकेट यस्तो खेल हो जहाँ तपाईं जुनसुकै कारणले पनि टोलीबाट बाहिरिन सक्नुहुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment