Comments Add Comment

ग्रिनसिटी अस्पतालमा काखीमा प्वाल पारी ओपर्न हार्ट सजरी

काठमाडौं । ग्रिनसिटी अस्पताल बसुन्धराले काखीमा प्वाल पारी सफलतापूर्वक ओपन हार्ट सजरी सम्पन्न गरेको छ ।

green-city-hospitalवरिष्ठ कार्डियो सर्जन अनिल भट्टराई नेतृत्वको टिमले धादिङ्ग जिल्ला ज्यामरुन १ लाभास्थान निवासी १६ वर्षे श्रीषा कार्कीको काखीमुनी प्वाल पारी मुटुको अपरेशन गरेको हो । उनको मुटुमा प्वाल परेको कारण उनलाई स्वास प्रस्वासमा समस्या देखिएको थियो ।

नेपालमा तलबाट छाती र ब्रेस्टको अपरेशन हुने गरेको थियो । काखी मुनी प्वाल पारेर गरिएको ओपन हार्ट सर्जरी भने नेपालमै पहिलो भएको अस्पतालले जनाएको छ ।

कार्कीको अपरेशनमा डा. रञ्जन सापकोटा, एनेस्थेयिन डा. विपश्वास प्रधान, डा. आशिष अमात्य सहितको टिम संलग्न रह्यो । डा. भट्टराईकै नेतृत्वमा ग्रीनसिटी अस्पतालले हालसम्म १६ जना भन्दा बढीका ओपन हार्ट सर्जरी गरिसकेको छ ।

अस्पताल प्रशासनले यस अघि मुटुको अपरेशन गरिएका कमल धमला तथा अपरेशन गरिएकी श्रीषा कार्कीलाई मायाको चिनो प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment