Comments Add Comment

फेसबुकको नाफामा १८६ प्रतिशतले बृद्धि

facebook

काठमाडौं । फेसबुकले यस बर्षको दोस्रो त्रैमासिकको आय ब्ययको विवरण सार्वजनिक गरेको छ । कम्पनीको पछिल्लो बर्ष यही समयको तुलनामा मुनाफा १८६ प्रतिशतले बढेको देखिएको छ ।

फेसबुकले यस बर्षको दोस्रो त्रैमासिकमा २०० करोड डलरको खुद मुफामा कमाएको छ । जवकि पछिल्लो बर्या यही अवधिमा कम्पनीको खुद मुनाफा ७१.९ करोड डलर थियो ।

बिश्लेषकहरुले अनुमान लगाएका छन् कि कम्पनीले यस त्रैमासिकमा ५८० करोड डलरको कारोबार गर्नेछ तर कम्पनीले यस अनुमानभन्दा पनि धेरै ६४० करोड डलरको कारोबार गरेको छ ।

कम्पनीका मुख्य कार्यकारी अधिकृत मार्क जुकरवर्गले भनेका छन् कि उनी कम्पनीको यस्तो प्रगतिबाट खुसी छन् ।

उनले भने, ‘एउटा अर्को त्रैमासिकमा हाम्रा मानिस र हाम्रो व्यवसायको प्रदर्शन उत्कृष्ट रहृयो । भिडियोका क्षेत्रमा हामीले जुन सफलता हासिल गरेका छौं यसबाट हामी निक्कै खुसी छौं । खास गरी यस्तो अहिले हाम्रो सबै सेवाहरुमा भिडियो केन्द्रमा रहेको छ र सांसार यस्तै दिशामा अघि बढिरहेको छ ।’

हालै फेसबुकले कम्पनीहरुलाई भिडियोको साथ नयाा प्रयोग गर्न प्रेरित गरेको थियो र मोवाइल बिज्ञापनका लाथि नयाा मञ्च प्रदान गरेको छ ।

पछिल्लो बर्षको भन्दा यहीे त्रैमासिकमा मोबाइल बिज्ञापनबाट कम्पनीलाई धेरै नाफा भएको छ । कुन नाफाको ८४ प्रतिशत यस्तै मोबाइल बिज्ञापनबाट आएको छ । पछिल्लो बर्ष यसको आाकडा ७६ प्रतिशत थियो ।

कम्पनीको नाफा एशियामा १९ प्रतिशत र युरोपमा २१ प्रतिशतले बढेको छ ।

एक महिनामा फेसबुकको नियमित प्रयोगकर्ताको सङख्या ३० जुन २०१६ सम्ममा १५ प्रतिशतले बढेर १७१ करोड पुगेको छ । बिज्ञापन दिने कम्पनीका लागि यो आाकडा निक्कै महत्वपूर्ण हुन्छ ।

फेसबुकको तुलनामा ट्वीटरको मासिक नियमित प्रयोकर्ताको सङख्या यही अवधीमा मात्र ३ प्रतिशतले बढेको छ ।

फेसबुकले आफ्नो नयाा सेवा इन्टाग्राम र आफ्नो म्यासेजिङ एपमा फोटो र भिडियोको सेयरिङ सङख्या बढाउने प्रयास गरिरहेको छ ।

बिश्लेषकहरुले यो पनि भनिरहेका छन् कि फेसबुकले आफ्नो प्रगतिमा खुसी हुनु त स्वभाविक नै हो तर उसले आफ्नो चीर प्रतिद्धन्दी स्न्यापच्याटमा पनि ध्यान दिनु जरुरी छ किनभने स्न्यापच्याट प्रयोगकर्ताको सङ्ख्या पनि उत्तिकै बढिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment