Comments Add Comment

चार दिनदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग खुल्यो

pahiro

१८ साउन, ताप्लेजुङ । अविरल वर्षासँगै गएको पहिरोका कारण चारदिनदेखि अवरुद्व मध्यपहाडी लोकमार्गको फिदिम आठराई खण्ड सोमवार साँझ देखि खुलेको छ ।

नेपाली सेना, नेपाल प्रहरी र शशस्त्र प्रहरीको संयुक्त टोलीले पहिरो पन्छाएसँगै उक्त लोकमार्ग सञ्चालनमा आएको पाँचथरका प्रहरी प्रमुख कृष्णप्रसाद कोईरालाले बताए ।

लोकमार्गको फिदिम आठराई सडक खण्ड अन्तरगत फिदिम ५ सरखण्डे भन्ने स्थानमा गत शुक्रवार गएको पहिरोका कारण चारदिनदेखि लोकमार्ग अवरुद्व भएको थियो ।

पहिरो पन्छाइएसँगै सोमवार साँझ देखि उक्त क्षेत्रमा यातायात र ढुवानीका साधन सञ्चालनमा आएको प्रमुख कोईरालाले बताए । सुरक्षाकर्मीको संयुक्त प्रयासपछि पहिरोले ल्याएका ढुंगा पन्छाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment