Comments Add Comment

माओवादीको मन्त्री छान्ने जिम्मा प्रचण्डलाई

Pm-Prachanda

२५ साउन, काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले मन्त्री छनौट गर्ने जिम्मा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको माओवादी हेडक्वाटरको बैठकमा प्रचण्डले मन्त्री छनौटको अधिकार आफूलाई दिन माग गरेका थिए । बैठकले प्रचण्डलाई यो अधिकार दिएको नेता हरिबोल गजुरेलले बताए ।

कांग्रेसलाई पर्खिनु परेका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको माओवादीको दाबी छ । पर्सीसम्ममा पनि कांग्रेसले मन्त्रीहरुको सूची नदिए माओवादीका मन्त्रीहरुमा नियुक्त गरेर मन्त्रिपरिषद् विस्तार गर्ने प्रचण्डको तयारी छ ।

माओवादीको बैठकमा सरकारको कामको समिक्षा भएको थियो । सरकारले सुरुवाति चरणमा गरेका निर्णयहरु सकारात्मक भएको भन्दै कार्यान्वयनमा जोड दिएको छ ।

नेताहरुका अनुसार भदौ २ गतेका लागि बोलाइएको माओवादीको महाधिवेशन आयोजक समितिको बैठकलाई दोस्रो साता सार्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment