Comments Add Comment

लिफ्ट खानेपानी आयोजना अन्तिम चरणमा

फाइल फोटो
फाइल फोटो

३१ साउन, फलेवास (पर्वत)। वर्षौंदेखि खानेपानीको आशमा बसेका ठूलीपोखरीवासी लिफ्ट प्रणालीबाट पानी पाउने भएपछि उत्साहित बनेका छन् ।

गाविसको ३, ४, ८ र ९ नम्बर वडाका उपभोक्ताले ५०० मिटर तल रहेको खोलाबाट पानी पाउने भएपछि उत्साहित हुँदै श्रमदान गर्न जुटेका छन् ।

उपभोक्ताको सक्रियताका कारण हालसम्म आयोजनाका ९० प्रतिशत काम सम्पन्न भइसकेको छ । जिल्ला खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालय पर्वतको सहयोगमा ठूलीपोखरी लिफ्ट खानेपानी आयोजना सञ्चालन भएपछि उपभोक्तामा पानी पाउने आशा जागेकाले उत्साहित बनेर काममा जुटेका हुन् । यस आयोजनाबाट गाविसका माथिल्लो भागमा पर्ने तीन वटा वडाका करिब १०० घरधुरी प्रत्यक्ष लाभान्वित हुने छन् ।

आगामी असोज महिनामा काम सक्ने गरी तयारी भइरहेको र आयोजना निर्धारित समयमा सक्नका लागि सबै सामग्री समेत तयारी अवस्थामा राखिएको जिल्ला खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालय पर्वतका प्रमुख प्रेम प्रकाश डोटेलले जानकारी दिए ।

आयोजनाका लागि आवश्यक पर्ने सिभिलतर्फका बसै पूर्वाधार तयार भइसकेकाले विद्युत् र वितरण लाइनको काम सकेर आगामी असोज महिनाभित्रमा घरघरमा धारा पुर्याउने तयारी भएको उनले बताए।

आयोजनाका लागि जिल्ला खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालयको एक करोड ४६ लाख रूपैयाँ खर्च हुने भएको छ । ५६० मिटर तल रहेको पानीलाई बिजुली प्रयोग गरी स्थानीय बाटुलेचौरमा रहेको ट्याङ्कीमार्फत घरघरमा वितरण गरिने भएको हो ।

गाविसको माथिल्लो भागमा रहेका ३०० घरधुरीले वर्षामा आकासे पानी र हिउँदमा एक घन्टासम्म लगाएर एक गाग्री खानेपानीको जोहो गर्नुपर्ने अवस्था रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment