Comments Add Comment

सिके राउतद्वारा मधेस आन्दोलनका शहीदलाई माल्यार्पण, मन्दिरमा पूजापाठ

५ चैत, सिरहा । जनमत पार्टी गठन गरेका सिके राउत मंगलबार आफ्नो गृह जिल्ला सप्तरी पुगेका छन् ।

सिरहाको लहानमा दुई दिनसम्म चलेको राष्ट्रिय परिषद्को बैठक मार्फत् स्वतन्त्र मधेस गठबन्धनलाई तिलाञ्जली दिँदै जनमत पार्टी गठन गरेका राउत लहानस्थित शहीद रमेश महतोको शालिकमा माल्र्यापण गर्दै आफ्नो गृह जिल्ला सप्तरी आएका हुन् ।

सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका १ भारदहस्थित कंकालनी मन्दिरमा पूजापाठ गर्दै आफ्नो घर महदेवा गाउँपालिका पुग्नेछन् । सप्तरी जानुअघि उनका कार्यकर्ताले लहानमा नारावाजी गरेका छन् । मोटरसाइकल र्‍याली प्रदर्शन गर्दै उनका कार्यकर्ताहरुले ‘सिके राउत जिन्दावाद, जनमत पार्टी जिन्दावाद’ सहितका नारा लगाए ।

कार्यकर्ताहरुले सरकारसँग भएको सहमति अनुसार जनतालाई जनमत दिन आग्रह गर्दै पनि नारा लगाएका छन् । ‘जनमत दो, आजादी लो’ भन्ने नारा राउतका कार्यकर्ताहरुले लगाएका थिए ।

यो नारावाजीलाई राउतको पार्टीले विजयी ¥यालीको रुपमा मनाएका छन् । सरकारसँग भएको सहमति ऐतिहासिक रहेको भन्दै विजयी र्‍याली निकालिएको उनीहरुले बताएका छन् ।

न्यून कार्यकर्ता

सिरहाको लहान यस्तो ठाउँ हो जहाँबाट मधेस आन्दोलनको सूत्रपात भएको थियो । २०६३ साल माघ ५ गते लहानमा रमेश महतोको आन्दोलनका क्रममा निधन भएपछि मधेश आन्दोलन चर्किएको थियो । तत् पश्चात प्रत्येक वर्ष माघ ५ गतेका दिनलाई मधेसमा बलिदानी दिवसको रुपमा मनाइँदै आएको छ ।

यही बलिदानी दिवस मनाउन दुई बर्षअघि सिके राउत पनि लहान पुगेका थिए । त्यस बेला हजारौंले राउतलाई समर्थन गरिरहेका देखिन्थे । तर त्यहीं लहानमा सिके राउतले विजयी ¥याली निकाल्दा सहभागिता एकदमै न्यून देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment