Comments Add Comment

एक वर्षमा २५२ अंकले घट्यो नेप्से, लगानीकर्ताले गुमाए २ खर्ब ३७ अर्ब

३ चैत, काठमाडौं । पुँजी बजारका लागनीकर्ताहरुले एक वर्षको अवधिमा २ खर्ब ३७ अर्ब रुपैयाँ गुमाएका छन् ।

गत आर्थिक वर्ष ०७४/७५ को ७ महिनामा सेयर बजारको पुँजीकरण १६ खर्ब १४ अर्ब १७ करोड रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्षको ७ महिनासम्म आइपुग्दा लगानीकर्ताहरुको २ खर्ब ३७ अर्ब रुपैयाँ गुम्दा बजारको पुँजीकरण १३ खर्ब ७७ अर्ब १५ करोड रुपैयाँमा आइपुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा भने लगानीकर्ताको पुँजी बढेको थियो ।

आर्थिक वर्ष २०७३/७४ को ७ महिनाको तुलनामा ०७४/७५ को ७ महिनामा १०.७ प्रतिशतले बढेको पुँजीकरण ०७५/७६ को ७ महिनासम्म आइपुग्दा १४.७ प्रतिशतले ह्रास आई ०७५ माघ मसान्तमा १३ खर्ब ७७ अर्ब १५ करोड रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

समीक्षा अवधिको बजार पुँजीकरणको अघिल्लो आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ४५.८ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ६२.१ प्रतिशत रहेको थियो ।

नेप्से परिसूचकमा २५२ अंकको गिरावट

बजार पुँजीकरण मात्रै होइन सेयर कारोबार मापक नेप्से परिसूचकमा पनि भारी गिरावट आएको छ । समीक्षा अवधिमा नेप्से परिसूचकमा २ सय ५२ अंकको गिरावट आएको हो ।

२०७४ माघ मसान्तमा १ हजार ३ सय ८०.३ बिन्दु रहेको नेप्से सूचकांक वार्षिक बिन्दुगत आधारमा १८.३ प्रतिशतले ह्रास आई २०७५ माघ मसान्तमा ११२८.२ बिन्दुमा झरेको हो । २०७५ असार मसान्तमा नेप्से सूचकांक १२१२.४ बिन्दु कायम भएको थियो ।

यसैगरी, नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २०७५ माघ मसान्तमा २०३ रहेको छ ।

सूचीकृत कम्पनीमध्ये १४९ वटा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीका रहेका छन्भने १८ वटा उत्पादन र प्रशोधन उद्योग, २४ वटा जलविद्युत् कम्पनी, ४/४ वटा होटल तथा व्यापारिक संस्था र ४ वटा अन्य समूहका रहेका छन् । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत शेयरहरूको चुक्ता मूल्य २०७५ माघ मसान्तमा रु.३८७ अर्ब ६९ करोड रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment