+
+

बक्राहा खोला नियन्त्रणका लागि जनताको तटबन्ध निर्माण सुरु

ध्रुव भट्टरार्इ ध्रुव भट्टरार्इ
२०७३ भदौ ५ गते १५:५३

Bakraha-Khola

५ भदौ, विराटनगर । बिनाशकारी खोलाको रुपमा परिचित मोरङको वक्राहा खोलाको कटान नियन्त्रणका लागि जनताको तटवन्ध कार्यक्रम सञ्चालनमा ल्याइएको छ ।

तीन करोडको आर्थिक लागतमा पहिलोपल्ट वक्राहा खोलालाई जनताको तटवन्ध कार्यक्रम सञ्चालन गरिएको हो । जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयका विराटनगरका डिभिजन प्रमुुख डाक्टर देवनारायण साहका अनुसार तटवन्धका लागि डिपिआर तयार गर्ने काम पूरा भइसकेको छ ।

Bakraha-Khola-Morang

चुुरेदेखि भारतको सीमासम्म वक्राहा खोलामा दुुवैतर्फ तटवन्ध गर्दा ३ अर्व ६५ करोड रुपैया खर्च लाग्ने बताइएको छ । २०५२ सालमा ओपेकको सहयोगमा नेपाल सरकारले वक्राहा खोलामा दुुवैतर्फ गरेको तटवन्ध खोलाले भत्काइसकेको छ ।

तत्कालिन भौतिक योजना तथा निर्माण मन्त्री खुमबहादुर खड्काले यस खोलाको तटबन्ध निर्माणमा भ्रष्टाचार गरेको प्रमाणित भएको थियो ।

जनताको तटवन्ध कार्यक्रमको अन्तर्गत हसन्दह, राजघाट, मधुमल्ला, गोविन्दपुुर तथा वर्डगा लगायतका संवेदनशील स्थानमा तारजाली तथा वोल्डर लगाएर तटवन्ध निमार्ण गरिने कार्यालयले जनाएको छ ।

साउन महिनाको पहिलो साता आएको वाढी, जीर्ण भएको तटवन्ध भत्काएर गाउँमा पसेको थियो । जसका कारण एकहजार भन्दा वढी परिवार विस्थापित भएका थिए भने करोडाैं मूल्यको अन्न वालीमा क्षति पुगेको थियो । वाढी पसेपछी हजारौं विघा खेतीयोग्य जमिन वालुुवामा परिणत भएको छ । वक्राहा खोलामा यसपटक ६० लाखमात्र वजेट मात्र आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?