Comments Add Comment

आपूर्ति विभागद्धारा ललितपुरका ३ पोलिक्लिनिक र १ फार्मेसीमा सिलबन्दी

Medical-ma-Shilbandi

५ भदौ, काठमाडौ । सरकारले लगनखेलस्थित नवीकरण नगरेका तीन पोलिक्लिनिक तथा डाक्टरको सिफारिसबिना औषधी बेच्ने एक फार्मेसीलाई आइतबार सिलबन्दी गरेको छ ।

लगनखेलस्थित ललितपुर जनरल प्राक्टिस क्लिनिक, लगनखेल पोलीक्लिनिक, आयुष फार्मेसी तथा हेल्थ लिंक रिलायबल ल्याब एण्ड क्लिनिक आपुर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको अनुगमनका क्रममा दोषी पाइएपछि कारबाहीमा परेका हुन् ।

अनुगमन टोलीले २०७१ साल साउन २९ गतेदेखि नवीकरण नगरिएको ललितपुर जनरल प्राक्टिस क्लिनिक, ०७१ फागुन ९ गतेदेखि नविकरण नगरेको लगनखेल पोलिक्लिनिक र २०७० चैत २ गतेदेखि नविकरण नगरेको हेल्थ लिंकमा सिलबन्दी गरेको हो ।

त्यस्तै, डाक्टरको सिफारिस विना मनोचिकित्साको औषधि बेचेको तथा त्यसको लगत नराखी फार्मेसी सञ्चालन गरेको अभियोगमा लगनखेलस्थित आयुष फार्मेसीमा सिलबन्दी गरिएको हो ।

आपुर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले आइतबार काठमाडौ उपत्यकाका ६ वटा फार्मेसी तथा पोलिक्लिनिकको अनुगमन गरेको थियो । अनुगमनका क्रममा चारवटाले मापदण्ड पुरा नगरेको पाइएपछि सिलबन्दी गरेको विभागका निर्देशक लक्षमण श्रेष्ठले अनलाइनखबरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment