Comments Add Comment

प्रहरीसँगको सहज पहुँचका लागि ताप्लेजुङमा स्टिकर

Photo Police१० भदौ, ताप्लेजुङ । नागरिकको प्रहरीसँगको पहुँच सहज जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले सूचना मुलक स्टिकर टाँस्ने अभियान सुरु गरेको छ ।

नागरिकलाई कुनै पनि बेला प्रहरीको आवश्यक्ता परेमा, गाउँघरमा कुनै पनि घटना, दुर्घटना वा अपराध भएको थाहा भएमा वा कुनै शंकास्पद गतिविधि देखा परेमा नजिकको प्रहरी कार्यालयमा खबर गर्न स्टिकर मार्फत अनुरोध गरिएको छ ।

अभियान अन्तर्गत जिल्ला सदरमुकाम फुङ्लिङसहित नागरिकको आवत जावत हुने मुख्य बाटो, सडक आसपास र ग्रामिण क्षेत्रमा रहेका बजारहरुमा दुई हजार भन्दा बढि सुचना मुलक स्टिकर टाँसिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपि रामबहादुर केसीले बताए ।

स्टिकरमा जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय तथा प्रहरी नायव उपरिक्षक सहित सञ्चार शाखाको मोवाइल नंम्बर र टेलिफोन नम्र पनि राखिएकाले कुनै घटना वा समस्या परे नागरिकले स्टिकर हेरी जुनै पनि समयमा प्रहरीलाई खबर गरी सहयोग माग्न सक्ने प्रमुख केसीको भनाइ छ ।

गाउँगाउँ सम्मका नागरीकमा मोवाइलको पहुँच पुगेको र स्टिकरमा कुन कुन विषयमा प्रहरी बाट साहयोग लिने र प्रहरीलाई जानकारी गराउने अनुरोध गरिएको छ ।
प्रहरीले यो अभियान घटना न्यूनिकरणमा उपयोगि हुने विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment