Comments Add Comment

ट्रयाक बनेसँगै अवरुद्ध मेची राजमार्गमा साना सवारी चल्यो

Mechi Rajmarga२४ भदौ, काठमाडौं । अवरुद्ध मेची राजमार्ग अन्तर्गत ताप्लेजुङ-पाँचथर सडकखण्ड आज विहानबाट सञ्चालनमा आएको छ ।

गत भदौ १७ गते राति झरेको पहिरोले भत्काएको सडक निर्माणसँगै एक सातापछि आज विहानबाट यातायता सञ्चालनमा आएको सडक डिभिजन कार्यालय इलामका इन्जिनियर गौतम श्रेष्ठले बताए ।

पहिरोले सडक बगाएको धुसेनि भीर क्षेत्रमा नयाँ ट्रयाक निर्माण गरेको र अन्य स्थानमा सडक मर्मत गरेकासँग आज विहानबाट साना सवारी साधन सञ्चालन भएको श्रेष्ठले जानकारी दिए ।  हालसम्म एक दर्जन  बढि यात्रुबाहक साना सवारीसाधन सो सडकबाट बाहिरिएका छन् ।

मेची राजमार्ग अन्तर्गत बहानन्दे-धुसेनि क्षेत्रको अधिकांस सडक पहिरोले बगाएकाले नयाँ ट्याक खोल्नुपर्दा साना सवारी साधन सञ्चालन हुने बनाउननै एक साता लागेको र बस, ट्रक लगायतका ठूला सवारी सञ्चालन हुने बनाउन भने अझै केहि दिन लाग्ने सडक डिभिजन कार्यालय इलामले बताएको छ ।

हाल सडक डिभिजन कार्यालयको टोलिले दैनिक बाह्र घण्टा काम गरीरहेको र अधिकंांस स्थानमा तार जालि सहितको पर्खाल लगाउनुपर्ने भएकाले ठूला सवारी साधन सञ्चालन हुने बनाउन केहि समय लाग्ने कार्यालयको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment