Comments Add Comment

लडाकू शिविरको ‘अनियमिता’बारे अख्तियारले छानविन थाल्यो

३० दिनभित्र उपस्थित हुन जिम्मेवार नेताहरूलाई निर्देशन

३१ भदौ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लडाकू शिविरमा भएको भनिएको अनियमितताको अनुसन्धान थालेको छ ।

Ganeshraj-karki
प्रवक्ता गणेशराज कार्की

उसले माओवादीका तत्कालीन जिम्मेवार नेताहरुलाई ३० दिनभित्र अख्तियारमा उपस्थित हुन निर्देशन दिएको छ ।

शुक्रबार साँझ आयोजित पत्रकार सम्मेलनमा अख्तियार प्रवक्ता गणेशराज कार्कीले शिविरमा भएको भनिएको भ्रष्टाचारको छानविन तीव्र पारिएको जानकारी दिए ।

उनका अनुसार तत्कालीन अवस्थामा हस्ताक्षर गर्ने र शिविरका जिम्मेवार नेताहरुलाई ३० दिनभित्र अख्तियारमा उपस्थित हुन भनिएको छ । तर, नाम सार्वजनिक गरेको छैन ।

माओवादी शान्ति प्रक्रियामा आएपछि सात मुख्यसहित विभिन्न शिविरमा राखिएको थियो र लडाकूहरुका लागि नेता कृष्णबहादुर महाराले लिएको पेश्की समेत लामो समय फछ्र्यौट हुन सकेको थिए ।

[sam_list]  माओवादी शान्ति प्रक्रियामा आउँदा प्रचण्ड सुपि्रम कमाण्डर र नन्दकिशोर पुन पासाङ, वर्षमान पुन अनन्त, जनादर्न शर्मा प्रभाकर, र चन्द्रदेव खनाल बलदेव डिभिजन कमाण्डर थिए ।

तर, ०६५ सालमा प्रचण्ड प्रधानमन्त्री भएपछि पासाङ कमाण्डर भए भने बलदेव प्रवक्ता तोकिए । पुन अहिले उपराष्ट्रपति छन् भने बलदेव प्रधानमन्त्री प्रचण्डका राजनीतिक सल्लाहका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment