Comments Add Comment

लमहीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउन टेण्डर आहृवान

प्रस्तावित क्रिकेट रंगशालाको स्केच
प्रस्तावित क्रिकेट रंगशालाको स्केच

४ असोज, दाङ । १५ बर्षअघि क्रिकेट रंगशालाको अवधारणा ल्याएपनि अलपत्र पारिएको दाङको लमही क्रिकेट मैदान निर्माण कार्यले गति लिने संकेत देखिएको छ ।

क्रिक्रेट मैदान निर्माणको लागि लमही नगरविकास समितिले एक करोड ३१ लाखको टेण्डर आहृवान गरेको छ । अन्तर्राष्ट्रिय मापदण्ड अनुसार २४ करोड अनुमानित लागतमध्ये सवा करोडको टेण्डर खुलाएर काम सुरु गर्ने तयारी नगरबिकासले गरेको हो ।

टेण्डर स्वीकृत भएमा मैदानको वाँकी निर्माण कार्य अघि वढ्ने लमही नगर विकास समितिका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए ।

गत साउनमा लमहीको अलपत्र क्रिक्रेट मैदान निर्माणको लागि दावव दिन भारतको पटना र देउखुरीको क्रिक्रेट टिमबीच अलपत्र मैदानमै खेल आयोजना गरिएको थियो ।

नगर विकास समितिले बजेटको व्यवस्था गरेर निर्माणमा चासो दिएपछि युवा तथा खेलकुद मन्त्रालयवाट थप बजेटको व्यवस्था गर्ने प्रकृया पनि अघि वढेको छ ।

नगर बिकास समिति सक्रिय भएसँगै लमहीको मैदानले स्वरुप ग्रहण गर्नेछ । खेल्न मिल्ने मैदान बनेपनि यसले रंगशालाको स्वरुप भने लिनेछैन ।

अहिले आहृवान भएको टेण्डरबाट पर्खाल निर्माण, मैदान सम्याउने, माटो विच्छ्याउने, दुवो लगाउने, गेट निर्माण गर्ने जस्ता कार्य गरिने छ ।

पाँच विगाह क्षेत्रफलमा फैलिएको लमहीको क्रिक्रेट मैदानबाट स्थानीय खेलाडीहरुले भविश्यको किरण देख्न थालेका छन् । ‘लमही नगरविकास समितिले अहीले खेल खेल्न लायक वनाउन बजेटको ब्यवस्था गरेको छ र कार्यान्वयनको लागी टण्डर पनि आहृवान भैसकेको छ’ सव इञ्जिनियर तुलसीराम अर्यालले भने ।

आर्थिक वर्ष २०५८/०५९ बाट क्रिक्रेट मैदानको निर्माण कार्य सुरु भएको थियो । तर, सरकारी निकाय, मन्त्रालय र अन्य सरोकारवाला निकायको ध्यान नजाँदा मैदान गौचरण र ड्राइभिङ सिक्ने थलोको रुपमा परिणत भएको थियो ।

लमहीको क्रिक्रेट मैदानको निर्माण कार्यले तीव्रता पाउनुपर्ने देउखुरी क्रिक्रेट क्लवका सचिव पवन शर्मा रिजालले बताए । ‘क्रिक्रेट मैदान वन्यो भने राष्ट्रिय स्तरको खेल खेलाउने योजना वनाएका छौं’ उनले भने, ‘केन्द्रीय स्तरवाट पनि यो मैदानको निर्माणको लागी बजेट र योजना चाहिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment