Comments Add Comment

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा मेमोरी क्लिनिक शुरु

Memory Clinic in Grandi International Hospital

काठमाडौं । विश्व अल्जाइमर्स दिवसको सन्दर्भ पारेर विहीबार ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले चेतनामूलक कार्यक्रमसहित मेमोरी क्लिनिक शुभारम्भ गरेको छ ।

आज सेप्टेम्बर २१ ‘मलाई सम्झ’ (रिमेम्बर मी) भन्ने नाराका साथ संसारभर विश्व अल्जाइमर्स दिवस मनाइँदै गर्दा अस्पतालले आज एक औपचारीक कार्यक्रम गरी मेमोरी क्लिनिक शुभारम्भ भएको घोषणा गरेको हो ।

मेडिको सोसियल समस्याका रुपमा फैलदो अवस्थामा रहेको अल्जाइमर्सबारे जनचेतना जगाउन र सम्वन्धित बिरामीहरुकालागि उपलब्ध विशेषज्ञ सहितको उपचार सेवाबारे समेत जानकारी गराउन आयोजित कार्यक्रममा बिभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता थियो ।

अल्जाइमर्स डिजिज इन्टरनेसनलले यस सेप्टेम्बर महिनालाई ‘वर्ल्ड अल्जाइमर्स मन्थ’ का रूपमा विविध चेतनामूलक कार्यक्रम गरी संसारभर मनाउने गरेको छ ।

Memory-Clinic-in-Grandi-Int

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment