Comments Add Comment

मर्जर वा एक्वायर भएका संस्थाको सेयर कारोबार १५ दिनभित्र गर्न निर्देशन

६ असोज, काठमाडौं । नेपाल धितोपत्र बोर्डले मर्जर वा एक्वायरमा गएका बैंक तथा वित्तीय संस्था एवं अन्य सूचिकृत संस्थाहरुले एकीकरण भएलगतै सेयर कारोबार खुल्ला गर्न कम्पनीहरुलाई निर्देशन दिएको छ ।

dhitopatra-boardकेहीदिन अघि नेपाल राष्ट्र बैंकले पनि मर्जर तथा एक्वीजिसनसम्बन्धी नीति संशोधन गर्दै एकीकृत कारोबार गर्नेवित्तिकै सेयर कारोबार खोल्नुपर्ने नीतिगत व्यवस्था गरेको थियो ।

कतिपय बैंक तथा बित्तीय संस्थाहरुले एकीकृत कारोबार सुरु गरेको झण्डै ६ महिना हुन लाग्दा पनि सेयर कारोबार नखोलेका कारण सेयरधनीहरु समस्यामा परेका छन् । धितोपत्र बोर्डले बुधबार मर्ज वा एक्वायर भएको १५ दिनभित्र सेयर कारोबार खोल्न निर्देशन दिएपछि सेयरधनीलाई ठूलो लाभ हुने भएको छ ।

बोर्डले बजार सुधारका लागि फेरि नयाँ कार्यक्रमहरु ल्याएको छ । उसले लगानीकर्ताको हितग्राही खातासँगै बैंक खातालाई जोड्न, नयाँ सेयर आबेदन र हकप्रदको आबेदन पत्र अनलाइनबाटै उपलब्ध गराउन, आबेदन केन्ऽको संख्या धेरै बनाउन, नगद लाभांश अनिबार्य रुपमा बैंक खातामा पठाउने ब्यवस्था मिलाउन केन्द्रीय निक्षेप प्रणाली (सीडीएससी), मर्चेण्ट बैंकर तथा सुचिकृत कम्पनीहरुलाई निर्देशन दिएको छ ।

त्यसैगरी, बोर्डले लगानीकर्ताको बैंक खाताको विबरण कम्पनी तथा मर्चेण्ट बैंकहरुसँग नहुने भएकाले उक्त विबरण डिम्याट खातामा अनिवार्य रुपमा अद्यावधिक गराउने व्यवस्था गर्न बोर्डले केन्द्रीय निक्षेप प्रणाली सिडिएससीलाई निर्देशन दिएको छ । बोर्डले नयाँ डिम्याट खाता खोल्ने लगानीकर्ताबाट अनिवार्य रुपमा बैंक खाताको विबरण पनि संकलन गर्ने व्यवस्था मिलाउन सिडिएससीलाई निर्देशन दिएको हो ।

बोर्डले सार्वजनिक निष्काशनको क्रममा दरखास्त फारम लिन, बुझाउन र रकम जम्मा गर्न संकलन केन्ऽको संख्या कम भई अनावश्यक भन्झट बेहोर्नुपरेको, हकप्रद शेयर वापत प्राप्त हुने खण्डित सेयर तथा भौतिक तथा अभौतिक (डिम्याट) रुपमा रहेको शेयर अनुसार हकप्रद सेयर भर्दा समस्या भएको भन्दै तत्काल समस्याको समाधान गर्न निर्देशन दिइएको छ ।

सेयर निष्काशनका क्रममा आवेदन संकलन केन्द्रको संख्या धेरै बनाएर लगानीकर्तालाई सहज रुपमा आवेदन दिन सक्ने व्यवस्था मिलाउन बोर्डले मर्चेन्ट बैंकरलाई निर्देशन दिएको छ । आवेदन फारम अनलाइनबाट डाउनलोड गरी भरेर बुझाउन सक्ने व्यवस्था मिलाउन पनि मर्चेण्ट बैंक तथा कम्पनीहरुलाई निर्देशन दिएको छ ।

त्यसैगरी, बोर्डले एउटै कम्पनीको भौतिक र अभौतिक शेयर लिएका एक जना लगानीकर्तालाई एउटै आवेदन मार्फत हकप्रद भर्न सकिने व्यवस्था मिलाउन पनि मर्चेण्ट बैंकहरुलाई निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment