Comments Add Comment

युनिलिभर नेपालको हेटौंडा कारखानाको ताला खोल्ने सहमति

असोज ६, काठमाडौं । युनिलिभर नेपाल लिमिटेडको हेटौंडास्थित कारखानामा तालाबन्दी खुल्ने भएको छ ।

unilever-nepalयुनियनहरुले आहृवान गरेको हडतालको कारण कारखानामा २३ साउनदेखि ताला लागेको थियो ।

कारखानाका दुवै युनियनहरुका प्रतिनिधि, मकवानपूर उद्योग बाणिज्य संघका अध्यक्ष र युनिलिभर नेपाल लिमिटेडका व्यवस्थापनबीच समस्याको समाधान गर्न त्रिपक्षिय छलफल भएको छ ।

युनियन प्रतिनिधिहरुले असल आचरण र कारखानाको कार्यसंचालनका लागि फलदायी संलग्नता गर्ने आश्वासन दिएका छन् ।

र, बैठकले ताला खोलेर कम्पनीले कारखाना पुनः खोल्न सहमति भएको छ । समस्या समाधानमा सहयोग गरेकोमा युनिलिभर नेपालले मकवानपूर उद्योग बाणिज्य संघ, जिल्ला प्रशासन कार्यालय र जिल्ला श्रम कार्यालय मकवानपुरलाईर् धन्यवाद दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment